सुआहाराद्वारा पोसिलो खाना प्रदर्शनी

सल्यान । सल्यान जिल्लाका विभिन्न ४ सय २३ स्थानमा पोसिलो खाना प्रदर्शनी गरिएको छ । जिल्लामा पोषणको क्षेत्रमा काम गरिरहेको सुआहाराले सुआहारा दोश्रो कार्यक्रमले गरेका उपलब्धिबारे जानकारी दिँदै यस्तो बताएको हो । सुआहाराले जिल्लाका साविकको गाविसका सवै ४ सय २३ वडाहरूमा पोषिलो खाना प्रदर्शनी गरेको बताएको हो ।

जिल्ला परियोजना सल्लाहकार समितिको बैठक तथा सुआहारा दोस्रो कार्यक्रमको अनुगमन, मुल्यांकन र अनुसन्धानको नतीजा सार्वजनिक कार्यक्रममा सुआहारा सल्यानका जिल्ला कार्यक्रम संयोजक हरि घिमिरेले यस्तो जानकारी दिएका हुन । पोषिलो खाना प्रदर्शनीले स्थानिय स्तरमा रहेका सुनौलो १ हजार दिनका आमाहरूले पोषिलो खाना बनाउने र खुवाउने शिपमा वृद्धि गरेको बताए ।

‘साना नानीहरूका लागी पोषिलो खाना अति नै जरुरी छ उनले भने लिटो, जाउलो, फर्सिको खिर जस्ता खाना बनाएर खुवाउन सिकाउछौँ ।’ पोषिलो खाना प्रदर्शनीका कारण खाना पकाउने र खुवाउने व्यवहारमा परिर्वतन आएको उनले बताए । ‘हामीले पोषिलो खाना प्रदर्शनीमा स्थानिय उत्पादनलाई जोड दिन सिकाएका छौँ उनले भने ग्रामिण स्तरमा रहेका आर्थिक अवस्था कमजोर भएका घर परिवारको पोषणस्तर सुधार गर्न स्थानीय तह संग सहकार्य गरेर अगाडि बढ्छौँ ।’

जिल्ला समन्वय समिति सल्यानकाप्रमुख केश बहादुर विष्टको अध्यक्षता मासम्पन्न कार्यक्रममा दलित विकास समाज डीडीएस सल्यान संगको साझेदारीमा संचालित सुआहारा र पहल कार्यक्रमले गत आर्थिक वर्षमा गरेका कामको प्रगति समिक्षा र आगामी वर्षको योजनाका बारेमा जानकारी गराईएको थियो ।

सुआहाराले दोस्रो वर्षमा हासिल गरिएका उपलब्धी बारे जानकारी गराउँदै सुआहारा कार्यक्रमका फिल्ड संयोजक तोरण बुढाथोकीले जिल्लामा सामुदायिक नक्सांकन मार्फत ५ हजार, ३ सय ७ घरधुरीमा पुगी तथ्यांक संकलन तथा सामान्य परामर्श गरेको बताए ।

१ हजार २ सय ४२ पटक विभिन्न आमा समूहमा सहभागी भई हजार दिन भित्रका महिला तथा आमाहरूलाई पोषण, स्वास्थ्य र सरसफाई सम्वन्धि परामर्श दिएको, १ हजार ५ सय ८९ जना सुनौलो १ हजार दिनका आमाहरूसँग प्रत्यक्ष भेटेर जीवनका महत्वपूर्ण अवसरहरू मनाउने कार्य सम्पन्न गरेको उनले बताए ।

यस्तै पहल कार्यक्रमको गत वर्ष गरेको कामको मुख्य उपलव्धि एवम् सिकाई हरूका साथै आगामी वर्षको कार्यक्रमहरूको बारेमा पहल कार्यक्रमका संयोजकधुब्र सुनारले जानकारी गराएका थिए ।

कार्यक्रमको सहजिकरण गर्दै सस्ंथाका कार्यकारी निर्देशक दुर्गा पुनले नेपाल सरकारले ०७४ मसिर ३ मा जारी गरेको बहुक्षेत्रीयपोषण योजनादोस्रो र यसमा व्यवस्था भएको पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको संरचान, कामकर्तव्य र अधिकारको वारेमा जानकारी गराएका थिए ।

जिल्ला समन्वय समितिका प्रमुख केश बहादुर विष्टले पोषणमा सुधार ल्याउन सबै स्थानीय तहले योजना बनाएर काम गर्नु पर्ने बताए । बहुक्षेत्रीय पोषण योजनाका लागी संघसंस्थाले मात्र नभई स्थानीय तहले पनि कार्ययोजना बनाएर काम गर्नुपर्नेमा उनले जोड दिए ।

अहिलेको सापेक्षमा स्थानीय तहले सडक, बिजुरी बत्ती, खानेपानीमा ठूलो लगानी गरी रहेको भन्दै उनले मानिसलाई सबै भन्दा बढी चाहिने भनेको शिक्षा र स्वास्थ्य हुने भएकाले पोषणका लागी पनि आगामी वर्षमा बजेट विनियोजन गरि विशेष कार्यक्रम संचालन गर्नु पर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी कमल राज ढकालले मानिसको ८० प्रतिशत बौद्धिक बृद्धि र बिकास २ वर्षको उमेर भित्र नै हुने भएकाले अभिभाबकहरूले यस अवस्थामा विशेष ख्यालगर्नु पर्ने बताए ।

प्रतिक्रिया