सक्षम र साना किसान विकास लघुवित्तबीच साझेदारी

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले लिमिटेडले युकेएड सक्षम एक्सेस टु फाइनान्सको साझेदारीमा ‘साना किसान कृषि सहकारी लिमिटेडको डिजिटाइजेसन तथा नेपालको कर्णाली प्रदेशमा वित्तीय पहुँचको विस्तार’ नामक परियोजनाको थालनी गरेको छ । जसले उक्त प्रदेशका साना किसानहरूलाई लक्षित गरेको छ ।

परियोजनालाई औपचारिक रूपमा शुभारम्भ गर्नका लागि एक कार्यक्रममाझ सक्षमका टोली प्रमुख निर्मल दाहाल तथा साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत डा. शिवराम प्रसाद कोइरलाले आआफ्ना संस्थाहरूका तर्पmबाट प्रमाणपत्रहरू आदनप्रदान गरे ।

सोही कार्यक्रममा कर्णली प्रदेशका मुख्य मन्त्री शाहीद्धारा साना किसान कृषि सहकारी संस्था उत्तरगंगा र लाटीकोइलीलाई ५०÷५० लाखको ऋण स्वीकृतको चेक हस्तान्तरण गरे । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड सन् २००१ को जुलाईमा स्थापना शीर्ष लघुवित्त वित्तीय संस्था हो । जसले मुख्यतः साना किसान कृषि सहकारी लिमिटेडहरू र अन्य संस्थाहरूलाई थोक कर्जा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया