पाँच महिनामा ६ खर्बको व्यापार घाटा

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रस्तुत गरेको चालू आर्थिक वर्षको पाँच महिनाको तस्बिर हेर्दा मुलुकमा निर्यातभन्दा उपभोग (आयात) को अवस्था डरलाग्दो देखिएको छ । गतवर्षको यसै अवधिमा नेपालबाट १० दशमलव १ प्रतिशत निर्यात थियो भने यस वर्ष एक दशमलव शून्य एक प्रतिशतले वृद्धि भई ११ दशमलव २ प्रतिशत पुगेको छ । यद्यपि निर्यातको तुलनामा आयातको अंश २३ प्रतिशतले बढी हो ।

आव २०७४÷७५ को मंसिरसम्ममा १८ दशमलव २ प्रतिशत रहेको आयात वृद्धिदर यसै वर्षको पाँच महीनामा १६ प्रतिशतले वृद्धि भई ३४ दशमलव २ प्रतिशत रहेको छ । नेपालीको उत्पादनभन्दा उपभोग गर्ने संस्कृतिमा वृद्धि भएकाले मुलुकको शोधानन्तर स्थिति कमजोर हँुदै गएको हो । अर्थशास्त्री भवानी खनालका अनुसार मुलुकको अर्थतन्त्र राम्रो हुन आयात र निर्यातको अवस्था झन्डै बराबरी हुनुपर्ने हुन्छ । उनका अनुसार नेपालको अर्थतन्त्रमा निर्यातभन्दा आयात २३ प्रतिशतले बढ्नु भनेको दिगो विकासमा राम्रो संकेत होइन ।

वस्तुगत आधारमा चालू आवको पाँच महीनामा छ खर्ब सात अर्बको पेट्रोलियम पदार्थ, सवारी साधन तथा पार्ट्स, हवाइजहाज तथा पार्टपूर्जा, एमएसबिलेट, अन्य उपकरण तथा पार्टपूर्जा, तरकारी फलफूल, तथा चामललगायत अन्य खाद्यान्नको आयात बढेको छ भने निर्यात गर्न सकिने सम्भावनायुक्त कृषि क्षेत्रसमेत परनिर्भर छ । चालु आवको पाँच महीनामा ३७ अर्ब ५० करोडका वस्तुगत सामग्रीमा यार्न, जस्तापाता, कार्पेट, गेडागुडी, तयारी पोशाक, पश्मिना, जुटका सामान निर्यात भएको थियो । यस हिसाबले चालू आवको पाँच महीनामा मुलुकको व्यापारघाटा पाँच खर्ब ६९ अर्ब ५० करोड पुगेको छ ।

प्रतिक्रिया