विशाल गोल्ड कप : आर्मी र शेर्पाको उपाधि भिडन्त

शम्भुकुमार सुमन, वीरगञ्ज । वीरगञ्जमा जारी दोस्रो विशाल स्मृति फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार विभागीय टोली त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पा भिड्ने भएका छन् ।  प्रतियोगिता भइरहेको स्थल नारायणी रंगशालामा शुक्रबार भएको पत्रकार सम्मेलनमा बोल्दै दुवै टिमका कोचहरूले उपाधि हात पार्ने दाबी गरे । हिमालयन शेर्पाका कोच सुवास लिम्बूले आक्रामक रूपमै प्रस्तुत हुने बताउँदै उपाधि आपूmहरूले जित्ने दाबी गरे ।

यो हाम्रो यस वर्षको सुरुवाती खेल भएको र अहिलेसम्म आपूmहरुले राम्रो नै खेलेका कारण ट्रफी जित्ने लिम्बूले दाबी गरे । यस्तै त्रिभुवन आर्मीका कोचले टफी जित्ने दाबी गरे । आपूmहरूको खेल्ने सिप र गतिकै आधारमा नै आपूmहरूले जित्ने उनको दाबी थियो । बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा आर्मीले झापालाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो भने बुधबार भएको प्रथम सेमिफाइनल खेलमा आयोजक वीरगञ्जलाई हराउँदै हिमालयन शेर्पा फाइनलमा प्रवेश गरेको थियो ।

प्रतियोगिताको विजेता लिमले कपसहित नगद ५ लाख ५५ हजार ५ सय ५५ र उप विजेताले २ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई सुजिकीको जिक्सर मोटरसाइकल प्रदान गरिनेछ । वीरगञ्जका पूर्वराष्ट्रिय फुटबल खेलाडी स्वर्गीय विशालजंग राणाको स्मृतिमा गत वर्षदेखि गोल्डकपको सुरुआत गरिएको थियो । शनिबार हुने खेल अति नै रोमाञ्चक हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया