विचार- म भन्ने हराए

छायादत्त न्यौपाने ‘बगर’

घाम डाँडापारि पुग्न–पुग्न लागेका थिए । आकाशमा कतै–कतै बादलका ससाना भुल्का देखिन्थे । राजमार्ग नजिकै थियो । सुस्त–सुस्त हावा चल्दै थियो । विद्यालय छुट्टी भएपछि उर्मिला र सन्तु घर जाँदै थिए । अलि परको चौतारोमा झुम्मिएका अरू साथीहरू देखाउँदै सन्तुले भने, ‘दिदी–दिदी हेर्नुहोस् त ऊ त्यहाँ मान्छेहरू झुम्मिएका’ भाइले देखाएपछि उर्मिलाका आँखा पनि त्यही भीडमा परे । उनले भनिन्, ‘जाँऔ हिँड, त्यही गएर हेराँैला । लामा–लामा पाइला सारेर सन्तु र उर्मिला पनि चौताराको भीडमा मिसिन पुगे । त्यहाँ छिपनी गाउँका केटाकेटीहरू दसैँतिहार छठ पर्वमा के–के गर्ने भनेर योजना बनाउँदै रहेछन् । कोही बाआमासित घुम्न जाने, कसैले यताउता आफन्तका हातबाट टीका थापेर आशीर्वाद लिने, दक्षिणा जम्मा पार्ने आ–आफना योजना सुनाउँदै थिए । तिनीहरूका कुरा सुनेपछि उर्मिलालाई केही भनूँ भनूँ लाग्यो । उनीले आप्mनो हुटुरी रोक्न सकिनन् । उनलाई थाहा थियो मनमा लागेको कुरा भनिहाल्नुपर्छ । उनी अघि सरिन्, ‘साथी हो ! म पनि यही छिपनी गाउँकी तिमीहरूकै साथी उर्मिला हुँ । मैले तिमीहरूका केही कुरा सुनेपछि मलाई पनि यो छलफलमा भाग लिन मन लाग्यो । म पनि केही भनु ?’ त्यहाँ भएका धेरैले एक–अर्काको मुख ताक्दै थिए । बीचमा बसेका प्रवीणले भने, ‘म तिमीलाई चिन्छु उर्मिला, तिमी अवश्य आप्mनो कुरा राख्न सक्छ्यौ राख ।’ प्रवीणले यति भनेपछि सबैजना शान्त भए । उर्मिला बोल्न पाएँ भने खुसी भइन् । ‘हो ! साथीहरूले यहाँ राख्नुभएका आ–आप्mना योजनाबारे मलाई केही भन्नु छैन । म आफूलाई लागेका केही कुराहरू राख्छु ।’

उर्मिलालाई लामो नबनाई छोटकरीमा आप्mना कुरा राख्न सबैको तर्फबाट विनोद चौधरीले आग्रह गरे । उर्मिला पनि विषयका ह्वातै प्रवेश गरिन्, ‘साथी हो ! हामी यो गाउँबासीमध्ये कतिले दसैँतिहार, छठजस्ता सबै पर्वमा सहभागिता जनाउँछौँ । कतिले ल छठमात्र वा दसैँ र तिहार वा तिहारमात्र मान्नेहरू पनि छौँ । के हामी सबैलाई सजिलो हुने गरी दसैँतिहार छठजस्ता सबै पर्वहरू सँगै मनाउन सक्तैनौ । यसका लागि कुनै नया र सजिलो उपाय खोजौँ न हुन्न ।’ उर्मिलाको कुरा धेरैले मुनासिब ठाने, केहीलाई भने निको लागेनछ । दीप्ति यादवले मुख फोरिन्, ‘कसरी सबैलाई सजिलो पार्न सकिन्छ ? मलाई त यस्तो झन्जटमा पर्नु छैन,’ कुरा ग¥यो कुरैको दुःख दीप्तिको असहमति सुनेर छेकु डोग्माले थपिन्, ‘उर्मिलाबाट सुनौ न त त्यस्तो सबै अटाउने फराकिलो मन रहेछ उनीसित, उपाय पनि छ होला नि हो,’ बिचैमा, ‘ठीक भन्यौ डोल्माले । ल भवन त उर्मिला के छ त्यस्तो तरिका ?’ सन्दीप पासवाने जोड दिए ।

साथीहरूका कुरा सुनिसके पछि उर्मिला अरु उत्साही देखिएन् । उनको आत्मविश्वास बढ्यो । उनले निर्धक्क भई कुरा राखिन् । ‘साथीहरू हो ! यो छिपनी गाउँमा हामी चौधरी, यादव भटराई, डोल्मा अन्सारी, मुसहर, पौडेल, तामाङ धेरै थरीका मान्छे बस्छौँ । यो गाउँ त नेपालजस्तै साझा फूलबारी हो । हामी छिमेकी हौँ भनेपछि एउटा छिमेकीले पर्वउत्सव मनाउँदा अर्कोको घरमा नरमाइलो हुन सुनसान जस्तै लाग्नु, चुपचाप बस्नु मजालाग्दो हुन्छ त ? कहिल्यै हुँदैन । त्यसैले हामी सबै मिल्यो । हामी सबै जना यो गाउँका सबै घरमा दसैँका टीका थाप्न जाऔँ । जसले जसरी स्वागत गरे पनि त्यसलाई स्वीकार गरौँ । रमजान आओस् कि छठ, लोसार आओस् कि तिहार हामी सबै यी पर्वलाई हाम्रँ पर्व ठानेर मनाऔँ । आजको समयमा पनि के पुरानै दर्रा । उही नयाँ लुगा, मासु चिउरा दक्षिण कसले कति दियो ? यो त ज्यादै पुरानो कुरा भो ।

हो, नयाँ ठाउँ घुम्न जाने कुरा नराम्रो होइन तर हाम्रो आजको आवश्यकता भनेको चाडपर्वहरूमा छरछिमेकी सबै मा आत्मीय भावना ल्याउन सक्नु नै हो । कि कसो साथी हो ? उर्मिलाको कुरा ध्यान दिएर सुनिरहेका असमनआलम खानले भने उर्मिलाको कुरा राम्रो हो तर उनले भनेझैं सबैको घरमा गएर टीका थाप्ने कुरा चुनौतीपूर्ण छ । हुन त हाम्रो देश पनि धर्मनिरपक्ष भइसकेको छ । कसैले कसैलाई धर्मसंस्कृति र चाडपर्व मनाउने करामा जोरजबर्जस्ती गर्न पाउँदैन तै पनि मान्छे आफनो संस्कारबाट यति छिटै बदलिन कहाँ सक्छ र । आलमको कुरा भुइँमा खस्न नपाउँदै सहवीरु चौधरीले थपे, होइन, उर्मिलाको कुरामा हामी आफै सहमत छैनौ भने बेग्लै कुरा हो, सहमत छौ भने त हाम्रो इच्छा त हामी एउटै गाउमा बस्छौ ।

एक आपसमा मनाइने पर्वहरूमा फरक नठानी सहभागी हुने गरौं भन्ने हो यसबाट अर्को पनि राम्रो कुराको थालनी हुन्छ । त्यो हो हामी चाडपर्वका नाममा ठूलो खसी, महङगो लुगा धेरै दक्षिणाका कुरा गह्रौं । यदि छिमेकीहरू मिलेर यहीं चौतारीमा जम्मा हुने र एक आर्कोले रातो अविरको टीका लगाइदिने, मुखले आशीर्वाद दिने । छठ मनाउँदा सबै जना जम्मा हुने आ–आप्mनो घरमा भएका फलफूल जम्मा गरी पोखरी छउमा सूर्यको पूजा गर्ने सद्भाव साटासाट गर्ने, रमजानमा पनि यही चौतारोमा जम्मा हुने अल्लाहको नामबाट सबै कल्याणको कामना गर्ने गरेपछि किन कसैले चित्त नबुझाउने ? भनाइ पनि छ नि ईश्वर, अल्लाह, यशु तिम्रो नाम सबैलाई सम्मति दऊ भगवान् यस्तै एकत्व भावनामा विश्वास ग¥यो भने भइहाल्छ म त सम्भवै सम्भव देख्छु ।

कुनै पनि आस्था होच्याउने वा उठाउने नगरी सभभाव राख्न सिकौं । आहा कस्तो राम्रो विचार आवश्यकता छ त मात्र खुल्ला ह्दय सितको समझदारी लौ आज कताबाट घाम उदाए, सहवीरले पनि यस्तो राम्रो कुरा गरे, जिन्दगीमा पहिलोपटक होला । प्रवीणले थपे ल आजदेखि हामीले गाउँमा मनाइने प्रत्येक पर्वाल्सवहरूमा बराबर सहभागिता जनाउँछौ । पर्वको नाम बदनाम गर्ने तासजुवा, जाडरक्सी, र अरू किसिमका खरावी हटाउने प्रयास गछौं । मिलीजूली पर्वोत्सव मनाउनुछ, वातावरण सहज हामी आफै गाउँबासीले मिलाउनु पर्छ ।

 

हामी जुट्यो भने सफलताले पछयाइहान्छ, प्रवीणको कुरा नसिकदै परर ताली बज्छ, प्रवीण, उर्मिला, सहवीर डोल्मा, पौडेल, भटटराई, अन्सारी, पासवान, यादवहरूको सहभागिताले पर्वहरू रमाइला बन्दै गए । तडकपडक हट्यो, आर्थिक भार कम भयो छिपनी गाउँबाट मै छु भन्नेहरू हराए । अचेल त छिपनीमा हामी मात्र बस्छन् रे ! उनीहरू मिलेर अभिभावकलाई सहमत गराए । हिजोआज त कुनै एकको घरमा केही प¥यो कि सबै मिलेर पुरा गर्छन् । कसैले पनि एकलै अप्ठेरो खेप्नु पर्दैन रे ! यति मात्र होइन छठ, होली, ल्होसारमा गाउँलेहरू मिलेर सँगै भोज खान्छन् रे ! कस्तो रमाइलो । कसैमाथि खर्चको भार पनि नपर्ने । समूहमा चाड मान्न पाइने । छिपेनी त गाउँहरूको असल नमुना बनेको छ । गाउँलेहरू खुसी छन् ।

प्रतिक्रिया