अपडेट: हतौडा प्रहार गरी हत्या गर्ने चलाउने पक्राउ

सल्यान । सल्यानमा ४२ बर्षिय यमन बोहरा लाई हतौडा प्रहार गरि हत्या गर्ने शालीकराम चलाउनेलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको शिद्धकुमाख गाउँपालीका २ सल्लाघारी निवासी ४७ बर्षिय चलाउनेले सोही ठाउँका ४२ बर्षिय बोहरा लाई हतौडा प्रहार गरि हत्या गरेको आरोपमा पक्राउ गरेको हो ।

छोराको बिहेको लागी चलाउनेको घरमा निम्ता दिन पुगेका बोहरालाई आफनै घरमा ढुङगा फोडने हतौडाले टाउकोमा प्रहार गरी हत्या गरेको डिएसपी विरेन्द् बहादुर शाहीले बताए ।

घटना लगतै अभियुक्त चलाउने फरार भएको र गाउँको माथिल्लो जंगलमा लुकी बसेको अवस्थामा ८ घण्टा पछि बेलुका ६ बजेतिर अभियुक्तलाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया