सिद्धार्थ इन्स्योरेन्सले थप्यो बिमा सेवा

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले ३ नयाँ बिमा सेवा थप गरेको छ । काठमाडौंमा नयाँ बिमालेख सार्वजनिक एवं पत्रकार सम्मेलन गरी सो जानकारी गराइएको हो । बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं र सिद्धार्थ इन्स्योरेन्सका अध्यक्ष रतनलाल केडियाले संयुक्तरूपमा बिमा सेवाको शुभारम्भ गरेका हुन् । नयाँ थप गरिएको बिमा सेवामा सिद्धार्थ आदर्श नारी दुर्घटना बिमा महिलाहरूको आर्थिक सुरक्षालाई मध्यनजर गरेर ल्याइएको बिमालेख हो ।

त्यसैगरी, सिद्धार्थ पारिवारिक दुर्घटना बिमाले एकै परिवारका चार सदस्य पतिपत्नी तथा १८ वर्षसम्मका २ सन्तान एकै बिमालेखमा समावेश गरिएको पत्रकार सम्मेलनमा बताइयो । अर्को बिमा डाक्टर तथा चिकित्सा पेसामा रहँदा आइपर्ने कानुनी दायित्वको क्षतिपूर्ति प्रदान गर्ने उद्देश्यले ल्याइएको छ । इन्स्योरेन्सले आफ्नो सद्भावना दूतको रूपमा पूर्व नेपाल सुन्दरी माल्भिका सुब्बालाई नियुक्त गरेको जानकारी गराइएको थियो । साथै, पानी जहाजको बिमा गर्ने पहिलो इन्स्योरेन्स सिद्धार्थ नै भएको र अहिलेसम्म ४ वटा जेट बोटको बिमा भएको जानकारी दिएको छ ।

प्रतिक्रिया