क्यान्सर हस्पिटललाई सेन्चुरी बैंकको सहयोग

काठमाडौं । सेन्चुरी बैंकले नेपाल क्यान्सर हस्पिटललाई सहयोग प्रदान गरेको छ । नेपाल क्यान्सर सर्पोट गु्रप र नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरद्वारा आयोजित क्यान्सरसम्बन्धी कार्यक्रममा बैंकले ५० हजार आर्थिक सहयोग गरेको छ ।

उक्त कार्यक्रमका प्रमुख अतिथि मदन कृष्ण श्रेष्ठ र हरिवंश आर्चायलाई बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले नेपाल क्यान्सर सर्पोट गु्रपको नाममा चेक हस्तान्तरण गरेको थियो । उक्त कार्यक्रमले क्यान्सरबाट जितेका व्यक्तिहरूलाई प्रेरणा दिई हरेक किसिमको क्यान्सर रोगको उपचार स्वदेशमै गर्न सकिने जानकारी दिएको छ ।

प्रतिक्रिया