राज सिग्देलको ‘अमृत’

काठमाडौं । गायक राज सिग्देलको आवाज रहेको आधुनिक गीति एल्बम ‘अमृत’ सार्वजनिक भएको छ । नवलपुरको बुलिङटार गाउँपालिका–३ मा जन्मिएका गीतकार हरि बस्ताकोटीले गीतको शब्द रहेको उक्त गीतमा हरि लम्सालले संगीत दिएका छन् ।  गायक सिग्देलकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको भिडियो उत्सव दाहालले छायांकन गरेका हुन् । प्रकाश दाहालद्वारा सम्पादन गरिएको भिडियोमा गायक सिग्देल र अञ्जु चौलागाईंको अभिनय छ ।

‘अमृत’ मा समाजमा चल्ने माया पिरतीका विषयलाई गीतमा समावेश गरिएको गायक सिग्देलले जिकिर गरे । गीतकार बस्ताकोटीले यस गीतमा प्रेमी र प्रेमिकाबीच हुने सम्बन्ध तथा अन्तिममा अमृत भनी झुक्याएर विष पिलाएको विषयलाई उतारिएको बताए ।

प्रतिक्रिया