चिन्तनको चौतारी

कुरा पुरानै हो । पुरानो सबै नराम्रो हुन्न । ‘कुरा सुन्नु बुढाको आगो ताप्नु मुढा’ को परालको आगोले जाडो जाँदैन । एउटा घनघोर जंगल थियो । एउटै ठूलो वरको रुख थियो । झ्याम्म परेको ठूलो रुख हेर्दै राम्रो । रुखभरि चराहरू ! कति मनमोहक ! छहारी उस्तै

शीतल ! रुखमा चरिवरिहरू । अनि फेद र छहारीमुनि पशुहरू कति धेरै संख्यामा विश्राम गरिरहेका ! सुन्दर, शान्त जताततै शीतल हरियाली ! वरको हाँगामा एउटा वनबिरालो बस्दोरहेछ । रुखका चराहरू मार्दै खाँदै ! आफ्नो आहारा कति सजिलै पाएको वनबिरालोले । तल रुखको जरामा एउटा मुसो बस्दोरहेछ । एकपटक एउटा सिकारी आयो त्यही रुखमुनि विश्राम लियो । जाल पनि हाल्यो धेरै जन्तुहरूलाई मा¥यो । राम्रो मृगलाई पनि मारिदियो ।

एकरातको कुरा । रुखमुनि जाल थापेर सिकारी घरतिर गयो । झुक्किएर त्यहीँको वनबिरालो त्यहीँ जालमा परेछ । तल बिरालो जालमा परेको देखेर जरामा लुकेको मुसो खुसी भयो । तर, उसको खुसीयाली धेरै समय टिकेन । किनभने नजिकबाट न्याउरीमुसाले हेरिरहेको रहेछ । अर्को पनि शत्रु रहेछ त्यहाँ लाटोकोसेरो । लाटोकोसेरो मुसा खान खोज्दोरहेछ । दाँत तिखार्दै रहेछ ऊ ! दुईतिर शत्रु एकातिर बिरालो अर्कोतिर लाटोकोसेरो मुसारको होसै हरायो । जालको मासु ठुँग्दै आपूm बँच्ने योजना पनि बनायो मुसाले ।

मुसोले सोच्यो भलै शत्रु हो बिरालो तर ज्यान त जोगाउनुप¥यो । मुसोले बिरालोलाई भन्यो, ‘दाइ, दाइ, ए बिरालो दाइ, के छ हालचाल, आरामै ? तिमीमसँग मितेरी लाउँछौ ? मलाई त तिमीजस्ता धेरै साथी बनाउन मन लागेको छ, के छ विचार ? किनभने हामी दुईको सम्झौताले हाम्रो अभिलाषा पूरा हुन्छ, बुझ्यौ दाइ, शुभकामा किन ढिलो गर्नु नि ! कसो ? हामी दुवै अहिले संकटमा छौँ हेर हाम्रा वरिपरि शत्रुपछि लागेका देख्यौ तिमीले ? मलाई न्याउरीमुसाले एक गाँस पार्न खोजेको छ । उता हेर त लाटोकोसेरो पनि मलाई हेरेर जिब्रो लपलपाइरहेको छ । तिमी पनि त व्याधाको जालमा परिसकेका छौ । आखिर हालत तिम्रो पनि मेरै जस्तो छ हेर त, संकटै संकट छ हामी दुवैलाई !

तिमी मलाई नखाऊ, तिम्रो जाल काटिदिन्छु म ! दुवैलाई राम्रो हुन्न त ? दुवै सुरक्षित । दुवै अभयी । दुवै उन्मुक्त । क्यामज्जा । तिम्रो सधैँ खुट्टा ढोगौँला ! ज्यान छउन्जेल तिम्रो आदर र भक्ति गरौँला । बिरालोले भन्यो, राम्रो, धेरै राम्रो, तिमीले यसो भन्छौ भने त्यसै गरौँ । तिम्रो मेरो सम्झौता भयो ! निःसर्त सम्झौता । ढुक्क भए हुन्छ, मबाट तिमी अभयी हुने भयौ । तुरुन्तै जाल काट मलाई यो जालबाट मुक्त गर ! साथीसाथी भनेको त यस्तो पो त !
साँच्चै, मुसो गएर बिरालोको काखैमा बस्यो । बिस्तारै बिस्तारै बिरालोको जाल काट्दै गयो मुसाले ! उता लाटोकोसेरो र न्याउरीमुसा हेरेको हे¥यै भए ! अचम्म माने उनीहरूले जातभात केही नमिल्ने तर कति छिटो यी दुवैको सम्झौता भएको, आपसी खासखुस पनि गर्न थाले । बिरालोले भन्यो, ‘भाइ, मुसा भाइ अलि छिटोछिटो काटन यो जाल । फुत्तै व्याधा आइहाल्यो भने त धोका हुन्छ नि !’ मुसोले भन्यो, ‘दाजै किन के को चिन्ता ! व्याधा आउन्जेल म मेरो काम फत्ते गरिसक्छु, चिन्तै नगर न !’

रात छोटो थियो । उज्यालो भइहाल्यो । एउटा बलियो लाहुरे कुकुर लिएर व्याधा फ्याट्टै त्यहीँ आइहाल्यो । मुसाले पनि आफ्नो सम्झौताअनुसार जाल काट्न भ्याइहाल्यो । बिरालो जालबाट छुट्यो । रुखमाथि चढ्यो पनि । उतामुसो रुखको जराको प्वालमा छिर्न पनि भ्याइहाल्यो । रुखमुनि पहिलेदेखि आहारा ढुकेर बसेका दुई शत्रु न्याउरीमुसो र लाटोकोसेरो हिस्स बुढी हरिया दाँत भने झैमँ भए । व्याधा पनि रित्तै जाल झिकेर काँधमा हालेर फक्र्याे ! उता बिरालोले मुसालाई बोलायो, भन्न थाल्यो, ‘भाइ मुसा हाम्रो पुरानो सम्झौता के भयो ? यसो भेटघाट गरौँ, कुराकानी गरौँ । आखिर मरिलानु के छ र ! आज मरे भोलि दुई दिन भइहाल्छ क्यारे, कसो ?

मुसोले भन्यो, ‘धत् ! पाजी कहिँको झ्यापुल्ले । कहाँ हाम्रो जातभात, स्वभाव कहाँ मिल्छ ? हाम्रो मित्रता स्वार्थमा थियो नि । त्यति पनि ख्याल थिएन ? त्यो कुरो पुरानो भयो । टुँग्गियो अब । मलाई तँ किन बोलाउँछस् थाहा छ तँ मलाई एकै गाँस पार्छस् । तेरो नजिक त म मरे पनि पर्दै पर्दिन, लौ के गर्छस् गर् आइजा । मुसोले बिरालोलाई धम्की दिन थाल्यो ।

हाम्रो नेतृत्व त्यस्तै भएको छ अहिले ! अहिले मात्रै होइन नेता र नेतृत्व सधैँ यस्तै छ पहिलेदेखि नै । सत्र साल आए पनि बिपीले खासै ठूलो प्रतिक्रिया देखाएनन् । मुलुक नडुबोस् भन्ने उनको सोच रहेछ । आखिर बिपीले जेलनेल भोगे तर उनी स्रष्टा थिए, साहित्यको राम्रो अनुभव थियो बिपीसँग । पछि राष्ट्रिय मेलमिलाप भयो ।

०३६ सालतिर जनमत संग्रह भयो, व्यवस्थामा केही सुधार भयो । ०३९ सालतिर बिपीले धर्ती छाडे, नेतृत्व अल्मलियो, उनी पछि दूरदृष्टि भएको नेतृत्व मुलुकले पाएन । दलहरू मिलेर ०४६ सालमा आन्दोलन गरे उक्त आन्दोलन सफल पनि भयो । जे भएको थियो राम्रै भएको थियो, कांग्रेसले बहुमतको सरकार बनायो ।

उत्कृष्ट भनिएको संविधान जारी भयो । दलहरू खुला भए । मुलुक बहुदलीय अभ्यासमा आयो । ०५२ सालदेखि सशस्त्र द्वन्द्व लामो समय चल्यो । हजारौं मान्छे मरे, भौतिक पूर्वाधारको क्षतविक्षत भयो । दिल्ली गएर १२ बुँदे सम्झौता भयो, आन्दोलन दुईले जेहाद छेड्यो । पुराना संस्थाहरू गल्र्यामगुर्लुम ढले । कुनै ठूलो भूकम्पविना नै सयौँ वर्षदेखि जरा गाडेर बसेको संस्था ढल्यो । सबैले उन्मुक्ति पाए, राम्रो भयो । तर, नेतृत्व आउँदै जाँदै नयाँ अनुहार देखिँदै÷देखाउँदै जानेक्रम जारी रह्यो निरन्तर ।

कांग्रेसले पाएको बहुमत न जोगाउन सक्यो । दल चिरा–चिरा भए । घात अन्तरघात हुँदै गयो । बलिया भनिएका नेता मदनको अवसान भयो । दरबारमा हत्याकाण्ड भयो । जनआन्दोलनमा एक भएकाहरूले मिलेर संविधान बनाउन सकेनन्, विकासको गति अलमलियो । दुईपटक भएको संविधासभाको चुनावको खर्च र सभाको लालनपालन गर्न मुलुकलाई धौधौ प¥यो । त्यहिवेला भूकम्पको झड्काले रातारातै संविधान आयो । संविधान जारी हुनासाथ नेपालीको चुलै बन्द भयो, आर्थिक नाकाबन्दी, प्राकृतिक भूकम्पको चपेटा, आँसु नै आँसु ! रुँदारुँदा आँसु नै सकियो । विस्तारै मुलुक सम्हालिएको छ । यही वेला राम्रा कामको थालनी हुनुपर्ने हो ।

अब वामहरू एकै ठाउँ भए । भएको राम्रै होला । तर, दलहरूको पानी बाराबारको अवस्था छ । सत्ताधारी एक इन्ची नघट्ने, न फर्कने, विपक्षीहरू विरोध गर्न नछोड्ने ! यस्तै, यस्तैमा मुलुक जकडिरहिरहने हो भने आकाशको फल आँखा तरी मर भन्ने उखान सार्थक हुन्छ । जनतालाई हात लाग्यो शून्य ! संरचना भत्काउने बाहेक बनाउने काम कहीँ भएन ।

दलहरूमा शत्रुता देखिएको छ । शत्रुता धेरै कारणले हुने गर्छ । एउटा हो कमाएको धनको भागवण्डा नमिलेर । काण्डैकाण्ड बोकेको मुलुकमा ‘नमिता–सुनिता’ काण्ड नि भएकै हो ! निर्मला काण्ड भयो त के भो र भन्छन् कोही ! मदन भण्डारीको हत्यारा पत्ता लागेन, दरबार हत्याकाण्ड त्यतिकै कहाँ पुग्यो ! अहिले मलाई खोइरो खन्न पाइन्छ ? भन्ने नेतृत्वको सोच होला ! वाइन जुस पिउन को गएनन् यस अघिका सबै नेताजीका नाम दिन सक्छु म भन्ने नेतृत्वको कुरा त स्पष्टै बाहिर आयो ! वाइडबडीको कुरा आउँदा लाउडासाउडालाई नहेर्ने अहिले केही गर्न लाग्यो भने बल्छी हाल्ने भनेर कुर्लने पनि देखियो ।

शत्रुता जग्गा जमिनका लागि हुन्छ, ऐश्वर्यका लागि हुन्छ । भृकुटी कागज कारखाना, बाँसबारी छालाजुत्ता कारखाना, ट्रली बस, ठुल्ठूला उत्पादनमूलक, सेवामूलक संस्था सम्पत्ति कौडीको मोलमा जाँदा किन कोही बोलेनन् । हामीलाई मात्र देखी नसहने भन्नेहरू पनि कम छैनन् । स्त्रीका लागि पनि शत्रुता हुने गर्छ । महाभारतको झगडाको बिउ द्रौपदी बनेकी थिइन् । जातिगत रिसइवीले पनि शत्रुता बढ्छ, तैँले अघाउन हुने म भोको छु, मैले खान नपाउने ? अघिका गलत व्यवहारले पनि शत्रुता बढ्छ ।

आखिर मिलीजुली मिलेर खाने हो, चुस्ने हो, गाईको थुनमा दुध छैन भनेर बाच्छाले चुस्न कहाँ छोड्छ र ? खाली शरीर देखेपछि जुकाले चुस्न कहाँ छोड्छ ? कुँडे रित्तो हुँदा पनि दुध पाउने आशाले बिरालो भान्छामा ढुकेरै बस्छ, कसो । भावी खतरालाई साँच्चै नेता र नेतृत्वले आँकलन गर्नैपर्छ । शत्रुसित सन्धि गर्नु भनेको रुखको टोड्कामा बसेर निदाउनु जस्तै हो । नेपाली कांग्रेसलाई अहिले त्यही भएको छ ।

बिपी पहिले नै गए । कृष्णप्रसाद पहिले नै पाखा लागे, गणेशमान झन् पहिले नै, गिरिजाबाबुको कुरै चित्त बुझेन, राम्राराम्रा नेता पहिले नै पाखा लागे । यी सबै हुँदा हुन् भने मुलुक अब यत्रो भास्सिएको खाडलमा जाकिनुपर्ने थिएन । मौलिक धर्म, कर्म, राष्ट्रिय पोसाक, चिह्न सबै हराइसक्यो । नेपाली कांग्रेसले सायद अहिले पछुतो गरिरहेको हुनुपर्छ । उसलाई ज–जसले साथ दिएका थिए, सबै जसोले छोडिसके, नयाँ–नयाँ नारासँग कांग्रेस बहकियो, आखिर साथी भनेकाहरूले सबैले धोती फुस्काइदिए, सबैले देखाइदिए ।

नेता चतुर हुनुपर्छ । शत्रुसँग मीठो बोल्नुपर्छ, चाहे ऊ मार्न, काट्न नै आओस् । गोहीको आँसु नै भए पनि बगाउनुपर्छ । आवश्यक परे कठोर नत्र कोमल नै हुनुपर्छ । कठिन खोलामा तर्न गाह्रो हुन्छ, कमलो हाँगो चढेर पूmल टिप्न थाल्यो भने पूmलको आशमा ज्यानै जोखिममा पुग्छ । सानो गुलेली हान्दा चरो मर्छ भने बडो ठूलो शक्ति प्रयोग गर्नु हुँदैन । निर्धो देख्दैमा पेल्नु पनि हुन्न । बलियो छ भन्दैमा लम्पसार पर्नु पनि पर्दैन । ठूल्दाइहरूसँग सन्धि सम्झौता गर्दा लम्पसार परेकै हो !

गाली गरेर नथाक्नेहरू पनि लम्पसार परेकै देखियो । गिद्धले झैँ दूरदर्शी हुने, सर्पले झैँ दुला दुला चाहर्ने यो त हाम्रो नेतृत्वले जानेकै विषय हो । तर, बकुल्लो झैँ ध्यानी हुन् र कौवा झैँ  चतुर हुन जानेको छैन । यदि, जानेको भए आज मुलुक सिंगापुरको झैँ विकसित भइसक्थ्यो । उत्तर–दक्षिणको विकास थोपा चुहिएला र खाउँला भनेर ढुक्दा ढुक्दै दिनहरू ढल्दै गएका छन्, आखिर ‘हल्लन्छन् झुण्डिएका छन्, खस्लान् भन्ने ठूलो भर, सयौँ वर्षपछि लागेँ हेर प्यारी निरन्तर !’ यो नीतिगत उखान हो, ठ्याक्कै लागू भएको छ ।

जहाँ पटक्कै शंका छैन त्यहाँ झन् बढी शंका गर्नुपर्छ नेताले, नेतृत्वले । समस्या परेको वेला गुरु विश्वामित्रले एकजना चाण्डालको घरमा गएर मासु चोरे, त्यो मासु पनि कुकुरको परेछ । लामो खडेरीको कारण पृथ्वीबाट उत्पादन केही नभएका बखत खानेकुरा केही थिएन । ज्यान त बचाउनु नु नै परेको थियो । मासु चोरेको निहुँमा विश्वामित्र र चाण्डालको झगडा भयो । पृथ्वीमा पानी पर्न थाल्यो । अनाजहरू प्रशस्त उत्पादन हुन थाल्यो ।

अन्न उत्पादन हुन थालेको देखेर चाण्डालको घरको मासु विश्वामित्रले खाएनन् । पानी नपर्नुको कारण थियो, धेरै तर मूल थियो शासकवर्गले गरेको अत्याचार, अतिक्रमण, धर्मको नष्ट ! पानी नपरेपछि बीजले अंकुर दिँदैन, रुख बिरुवा मर्छन्, सुख्खा खडेरी, समस्यै समस्या, कि अनावृष्टि, कि अतिवृष्टि, कि खण्डवृष्टि, बाढी पहिरो, घटनै घटना, दुर्घटनै दुर्घटना !

हामीकहाँ पनि ठूला प्राकृतिक, अप्राकृतिक घटना बढेका छन् । विगतमा ठुल्ठूला जहाज दुर्घटना भए । भूकम्पको त्रासले पृथ्वी कम्पित भयो । यस्ता घटना अन्य मुलुकमा पनि हुने गरेका छन्, यसरी नै चित्त बुझाऔँ हामीले अरू उपाय छैन । धर्तीमाथि जति अन्याय बढे पनि धर्तीले हामीलाई रिस नपोखून् यही चाहना गरौँ । सन्तान कुसन्ता नहुन सक्छन् तर माता कुमाता कदापि हुन सक्दिनन् ।

एकपटक, एक जोडी परेवा गुँडमा बस्थे । राती अबेरसम्म परेवी आइन, परेवा बिचल्लीमा प¥यो । रात छिप्पिदै गयो । झरी ठूलै प¥यो । पत्नीे वियोगले सतायो उसलाई । गुँड उसलाई पूरै जंगल जस्तै उराठ लाग्न थाल्यो । प्यारी पतिको गुणगान गर्दै गहभरि आँसु झार्दै रात बितायो ।
परेवा बसेको रुखमुनि एउटा व्याधा आयो । ऊ सिकारी रहेछ । जाडोले काँप्दै थियो सिकारी । बास खोज्दै ऊ त्यहाँ पुगेको रहेछ । उसले उही परेवीलाई च्यापेको रहेछ ।

परेवीले थाहा पाई, आफ्नो प्रेमी पति दुःखी भएको उसको अभावमा उसले भनी, ‘पतिदेव सिकारी भोकै छ । हाम्रो शरणमा आएको छ । जाडोले मर्न लागेको छ । म उसको पञ्जामा परेकी छु, सहयोग गर्न सक्दिनँ । तिमीले यसलाई विचार गर्नुहोस् ।’ परेवालाई थाहाँ भयो मेरी पत्नी त दुष्ट सिकारीको हातमा परेकी रहिछ । पत्नीको आग्रहमा परेवा केही पर गयो, चुच्चोमा आगो लिएर आयो । सुकेका पात, पतिंगरमा हाल्यो । सिकारीले आगो बेस्सरी दन्कायो, जिउ राम्ररी सेकायो ।

सिकारीले भन्यो, ‘धेरै भोक लाग्यो, केही खान पाए हुन्थ्यो । परेवीले फेरि पतिदेवलाई भनी, ‘केही त दिन पाए हुन्थ्यो खाना । परेवा आगोमा होमियो लौ पाहुनालाई आहारा भन्दै परेवा आगोमा परेर मर्यो । पति मरेपछि मेरो के काम ! आखिर उपकार भनेको गर्नै पर्छ, म पनि आगोमा होमिन्छु भनी, आगोमा जली परेवी पनि मरी । सिकारीलाई वैराग्यले छायो । अहो ! यिनीहरूमा कत्रो त्याग, आपूm मरेर पनि । म अब सिकार छोड्छु । ऊ अहिंसातिर लाग्यो । व्याधाको कामै छोड्यो । परिवर्तन सम्भव छ । बुद्धको संगतले अंगुलीमालले हिंसा छाडेका थिए रे । वाल्मीकि पहिले एक व्याधा थिए । पछि सिद्ध पुरुष सच्चा साधक बने ।

प्रतिक्रिया