‘कांग्रेस एजेन्डाविहीन छ’

रौतहट । नेपाल कम्युनिष्ट पार्टी प्रदेश– २ का अध्यक्ष प्रभु साहले नेपाली कांग्रेस पार्टी एजेन्डा बिहीन रहेको बताएका छन् ।

गौर चन्द्रनिगाहपुर सडकखण्ड अन्तरगत हर्षाहा चौकमा मंगलवार स्वं.बतहु राउतको प्रथम स्मृतीसभाको अवसरमा आयोजित हर्षाहा छेदीचौक भसेढवा सडक निर्माणको उदघाटन समारोहलाई संबोधन गर्दै उनले उक्त बिचार राखेका हुन । उनले वर्तमान सरकारको काम कर्तव्य र प्रगति देखेर नेपाली कांग्रेस पार्टीका नेता कार्यकर्ता हतोत्साहित भएको टिप्पणी गरे ।

जनताले न पत्याएर पछि परेका नेपाली कांग्रेसका नेताहरूसंग नयाँ कुनै एजेन्डा न भएकाले बिभिन्न बखेडामा लागीरहेको सांसद साहले आरोप समेत लगाए । नेपाली कांग्रेसका नेताहरूले हाल डा.गोबिन्द केसीको मुद्दा, हिन्दुराज्य र राजतन्त्रको पक्षमा बहस गरेर सधै नेपाली समाजमा अगाडि चल्ने पार्टी अहिले उल्टो हिडाई सुरु गरेको साहले बताए ।

सतापक्षको लागी प्रतीपक्ष पनी त्यतीकै महत्वपुर्ण हुनेहुँदा कांग्रेसी नेताहरूको सदबुद्धी पलाएर विकास निर्माणमा सरकार लाई सहयोग गर्न उनले आग्रह गरे । ६-६ महिनामा सरकार बदल्ने पार्टीलाई जनताको पैसा मास्न खोज्ने, चिनिमिल धनीलाई, यातायात सिन्डीकेट चलाउने ब्यवसायी,

मैनपावर ब्यवसायलाई बर्तमान सरकार तानाशाह देखिनु स्वभाविक हो तर कांग्रेसलाई तानाशाह देखिनु बिडम्बना रहेको अध्यक्ष साहले प्रस्टयाए ।

जिल्ला स्थित जिल्ला समन्वय समितिदेखि अधिकांश स्थानीय तहमा कांग्रेसको नेतृत्व रहेको प्रदेशमा मधेशवादीको हातमा रहेकाले जनताको अपेक्षा अनुसार विकास हुन नसकेको सांसद साहले आरोप लगाए ।

नेपाली कांग्रेस लगायत बिगतमा सरकारको नेतृत्व गरीसकेका केही दलले देशलाई फोहर बनाएर गएकाले बर्तमान सरकारलाई अहिले सफा बनाउन समय लागीरहेको स्पस्ट पारेका थिए ।

देशमा राजनितिक संक्रमण अन्त भएको भएपनी कर्मचारी समायोजन,कार्यालय समायोजन,बजेट समायोजन,योजनाको बाँडफाँड बाँकी रहेको हुँदा पूर्ण संक्रमण हटि नसकेको उनले जिकिर गरेका थिए ।

गौर चन्द्रपुर सडकखण्डलाई फोरलेन बनाई भारत बैरगनिया, सितामढी हुँदै अन्तरर्राट्रिय कारोवार सञ्चालन गराउन तथा आर्थिक संमृद्धी ल्याउन आफु र कम्युनिष्ट सरकार लागी रहेको सांसद प्रभु साहले जानकारी गराए ।

हर्षाहा चौकदेखी कटहरिया नगरपालिकाको छेदीचौक,भसेढवासम्मको उक्त नौ किलोमिटर लामो सडक निर्माणले सो क्षेत्रमा आर्थिक समृद्धी हुने उनले बिश्वास ब्यक्त गरे ।

चुनाव ताका आफुले संमृद्धीको लागी क्षेत्र– ३ अन्तर्गतका सबै गाँउलाई राजमार्गसंग जोडने गरेको घोषणा अनुसार सडक निर्माणको काम द्रुतगतीमा बढी रहेको उनले बताए ।

हर्षाहा भसेढवा सडक निर्माणको अलावा डुमरिया कटानी, गर्जा बुटवा, जंगलसैया धन्सार, कटहरिया मलाही, कटहरिया बगही फतेपुर, हरीहरपुर कटानी चाँेचागाँउमा नया सडक निर्माण भएको सांसद प्रभु साहले जानकारी दिए ।

उदघाटन समारोहमा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य युवराज भट्टराईले कर्णालीको हाराहारीमा सबै क्षेत्रमा पछि रहेका रौतहटमा विकास निर्माणको कुरा गर्दा क्षेत्र– ३ को चर्चा हुने गरेको बताए ।

जिल्लाका ४ क्षेत्र मध्ये एउटा क्षेत्रमा मात्र कम्युनिष्ट नेता प्रभु साहले नेतृत्व गरेर विकासको गतीमा अगाडि बढाउनु, विकासको क्षेत्रमा देशमै चर्चा पाउनु तर अन्य क्षेत्रका सांसद तथा नेताहरू कता हराईरहेका छन् ? केन्द्रिय सदस्य भटराईले प्रश्न गरेका थिए ।

सोही अवसरमा चन्द्रपुरका समाजशेवी रिक्सा चालक केदार तिमलसिनाका साथै सडक निर्माणमा सहयोग गरेका एक दर्जन मानिसलाई कार्यक्रमका प्रमुख अतिथि प्रभु साह र पार्टी केन्द्रिय सदस्य समिर भट्टराईले माला तथा खाँदा लगाएर सम्मान गरेका थिए ।

प्रतिक्रिया