चुहाडेमा ग्लोबलको शाखारहित सेवा

काठमाडौं । ग्लोबल आइएमई बैंकले उदयपुरको त्रियुगा नगरपालिका–७ चुहाडेमा ११७औँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकको ११७औँ शाखारहित बैंकिङ सेवाहरूको उद्घाटन स्थानीय जनप्रतिनिधि, बुद्घिजीवि तथा स्थानीयवासीहरूको रोहवरमा भएको छ ।

उक्त शाखारहित बैंकिङ सेवा बैंकको गाईघाट शाखाको मातहतमा रहनेछ । सो शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्नेछन् ।

प्रतिक्रिया