पश्चिमोदय सहकारीको साधारणसभा सम्पन्न

काठमाडौं । पश्चिमोदय बचत तथा ऋण सहकारी संस्था लि। ले आफ्नो स्थापनाको आठौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाका सचिव सुष्मा सापकोटाले पेस गरेको वार्षिक प्रगति प्रतिवेदन र लेखा सुपरिवेक्षक नवीन प्रधानले पेश गरेको आर्थिक प्रतिवेदन सभाले पारित गरेको छ ।

संस्थाका अध्यक्ष देवराज न्यौपानेले आगामी दिनमा डिपार्टमेन्टल स्टोर सञ्चालन गर्ने, संस्थाको कारोबारलाई एसएमएस प्रणालीमा लैजाने र अन्य स्थानहरूमा पनि सेवा केन्द्र खोली विस्तार गर्ने योजनाहरू रहेको बताए । ‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने नारा रहेको पश्चिमोदय बचत तथा ऋण सहकारी संस्थाको मुख्य कार्यालय न्युरोड धर्मपथमा रहेको महाबौद्धमा शाखा कार्यालय समेत रहेको छ ।

प्रतिक्रिया