गोंगबुमा कामना सेवा विकास बैंकको ६३औं शाखा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा टोखा नगरपालिकाको गोंगबुमा ६३औं शाखा कार्यालय स्थापना गरि कारोबार शूभारम्भ गरेको छ । बैंकका संचालकद्वय देवकृष्ण काफ्ले र संचालक विश्वेश्वर सुवेदी तथा कामु प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरे ।

शुभारम्भ कार्यक्रममा कामु प्रमुख कार्यकारी अधिकृतले बैंकले प्रदेश १ र २ का विभिन्न शहर तथा ग्रामिण इलाकामा गरि १९ वटा र काठमाडौं उपत्यकामा थप ३ वटा ठाउँमा गरि कुल २२ वटा शाखाको निर्माण कार्य भईरहेको र अन्य क्षेत्रहरूमा समेत शाखा विस्तारको सम्भाव्यता अध्ययन भईरहेकोे बताए ।

काठमाडौं ३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ६३ वटा शाखा तथा १७ वटा एटिएम मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले आस्वा। स् िआस्वा र मोवाईल बैंकिङ लगायतका माध्यमबाट समेत सम्पूर्ण सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया