भारत अस्ट्रेलियासँग पराजित

एजेन्सी, सिड्नी । तीव्र गतिका युवा बलर झेय रिचर्डसनले घातक बलिङ गरेपछि भारतसँगको पहिलो वान डे खेलमा घरेलु टोली अस्ट्रेलियाले ३४ रनले विजयी भएको छ । २ सय ८९ रनको लक्ष्य पछ्याएको पाहुना टोली भारतले रोहित शर्माको शानदार शतकको बाबजुद निर्धा्रित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ५४ रन मात्र बनाउन सक्यो । रोहित शर्माले १ सय २९ बलमा १० चौका र ६ छक्का प्रहार गर्दै १ सय ३३ रन बनाएपनि एक्लो प्रयास भारतको जितको लागि प्रयाप्त रहेन ।

भारतले सुरुवाती ४ रन जोड्दा प्रमुख तीन ब्याट्सम्यान गुमाएको थियो । कप्तान विराट कोहली ३, शिखर धवन र अम्बाटि रायडु डक आउट हुँदै पेभिलिएन फर्किपछि भारत सुरुमै दवावमा परेको थियो । ४ रन जोड्दा ३ विकेट गुमाएको भारतलाई रोहित शर्मा र महेन्द्रसिंह धोनीले चौथो विकेटका लागि १ सय ३७ रनको साझेदारी गर्दै उद्धार गरेका थिए । धोनीले ९६ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ५१ रन जोडे ।

भारतका अन्य दिनेश कात्तिक १२,रविन्द्र जडेजाले ८,कुलदिप यादव ३ र भुवनेश्वर कुमारले २९ रन बनाए । अस्ट्रेलियाको जितमा तीब्र गतिका युवा खेलाडी झेय रिचर्डसनले धातक बलिङ गरे । उनले १० ओभरमा २ मेडन सहित २६ रन खर्चेर ४ विकेट लिए । त्यस्तै जेसन बेहरेनड्रोफले पनि १० ओभरमा २ मेडन सहित ३९ रन खर्चेर दुई विकेट हात पार्दा मार्कस स्टोइनिसले २ र पीटर सिडलको नाममा १ विकेट रह्यो ।
त्यसअघि सिड्नीमा टस जितेर पहिला ब्याटिङ थालेको अस्ट्रेलियाले निर्धा्रित ५० ओभरमा ५ क्षतिमा २ सय ८८ रन बनाएको थियो । उस्का लागि पिटर ह्यान्ड्सकम्ब ६१ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ७३ रन जोडे ।

शन मार्श ५४,उस्मान खवाजा ५९, एलेक्स करी २४, आरोन फिन्च ६,ग्लेन म्याक्सवेल ११ र मार्कस स्टोइनिस ४७ रनमा नट आउट रहे । भारतका लागि कुलदिप यादव र भुवनेश्वर कुमारले समान दुई विकेट लिए । त्यस्तै रविन्द्र जडेजाको नाममा १ विकेट रह्यो । भारत र अस्ट्रेलियाबीच दोस्रो वान डे खेल आगमी १५ जनवरीमा हुने छ ।

प्रतिक्रिया