यतिबेला देशमा समृद्दिको बहस चर्को रुपमा उठेको छ । बिकास समृद्दि र सुशासन नेपालको अपरिहार्य हो । पानी जहाज, रेल , बिद्युतियबस, सडक निर्माण लगायतका कुरा गरेर सरकारले बिकास समृद्दि गर्ने भनेको छ । यसले मात्र समृद्दि हुदैन । गरीवी नेपालको सवै भन्दा ठूलो सत्रु हो । गरिवी घटाउने कुरामा सरकार लागेको देखिदैन ।
गरीवीका समस्या दिनप्रतिदिन बढदै छन । नेपालको संविधानले समाजवादलाई आफनो गन्तब्य बनाएको छ । सरकारले तयार गरेका कार्यक्रम, बिकासका एजेन्डा, र निर्माण भएका कानुनहरु हेर्दा समाजवादी केन्द्रित देखिदैनन् । अहिले मुलुकमा सवै भन्दा बढि मारमा गरिव किसान नै परेका छन । सुकुम्वासी समस्या समाधान हुन सकेको अवस्था छैन । यी तमाम समस्या समाधान नगरिकन मुलुक समृद्दिको बाटोमा जान सक्दैन ।
सरकारले जुन काम गर्नु पर्ने हो त्यो गरिरहेको छैन । जघन्य हत्या आरोपीलाई जेलबाट ल्याएर शपथग्रहण गराउँदा यो मुलुकमा न्याय मरेको अवस्था देखिन्छ । सरकारमा बस्नेले मनपरि गर्न पाइदैन । यस्ता गलत कामले लोकतन्त्र प्रतिको बिश्वास जनतामा जगाउदैन । यो लोकतान्त्रिक ब्यवस्था हो । लोकतन्त्र भनेको कानुनको शासन हो ।
कानुन मिचेर कुनै पनि काम गर्न कसैलाई छुट छैन । अदालती प्रक्रियालाई बेवास्ता गरि कारागारवाट सीधै ल्याएर सपथ ग्रहण गराउनु भनेको कानुन बिपरित कुरा हो । यो गलत नजिरले न्यायलय माथि धावा बोलेको छ । पछिल्ला दिनमा सरकारका कुनै पनि निर्णय पारदर्शी छैनन् । अहिलेको सरकार र संसद शक्तिशाली छ । शक्तिको दुरुपयोग भैरहेको भान भैइरहेको छ । कानुनले आफनो प्रक्रिया पूरा गरे पछि मात्रै सपथ गराउनु पर्ने तर्क संविधानविद्द तथा बरिष्ठ अधिबक्ताहरुले दिइरहेका छन ।
तर यहाँ कानुनको धज्जी उडाइएको छ । राजनीतिमा नैतिकता नभएपछि जे पनि हुदोरहेछ । सवै नीतिमा प्रमुख राजनीति हो । तर मूल नीति नै खराव र फोहोर भएपछि अरु कसरी सफा हुन्छ ? प्रश्न यो हो । अव सरकारले बिचार गर्नु पर्ने आबश्यकता देखिएको छ । सरकारको बर्तमान कार्यभार के हो ? बर्तमान सरकार आफनो मुख्य कार्यभारलाई छाडेर कता कता अलमलीय जस्तो देखिएको छ । यसरी जनताका आबश्यकता पुरा हुदैनन् । सरकारले बाटो बिरायो भने जनताले दुख्ख पाउछन ।
काम हुन या नहुन बर्तमान सरकारले बिकास र समृद्दिका कुरा गर्न अझै छोडेको छैन । तर बिकास र समृद्दिका लागी गर्नु पर्ने कामका बारेमा कुनै योजना बर्तमान सरकारले तय गर्न सकिरहेको छैन । संविधानले अवको अर्थ राजनीतिको दिशा समाजवाद उन्मुख हुने कुरा संविधानको प्रस्तावनामा नै उल्लेख गरेको छ र्। दलाल पुँजीवाद हावी हुदै गएको छ । यो स्थितीमा कसरी समाजवादको बाटोमा जान सकिन्छ ?
समाजवाद भनेको त्यसै आउने कुरा होइन , मुलुकलाई समाजवादमा लैजान दलाल पँजीवादको अन्त्य हुन जरुरी छ । समाजवादी ब्यवस्थामा योग्यता अनुसारको काम पाईन्छ । रोजगारीका अवसरहरु प्राप्त हुन्छन । श्रमको उचित मूल्य निर्धारण गरिएको हुन्छ । बेरोजगार युवा युवतिहरुलाई बेरोजगारी भत्ताको ब्यवस्था गरिएको हुन्छ । जेष्ठ नागरिकलाई बृद्द भत्तादेखि सवै कुराको सुविधा पदान गरिएको हुन्छ ।
मुलुकलाई समाजवादको बाटोमा लैजान देशको अर्थतन्त्र बलियो हुनु पर्छ । मुलुकको बर्तमान आर्थिक अवस्था नाजुक अवस्थामा छ । मुलुक हाल आत्मनिर्भर हुन सकेको अवस्था छैन । हामी धेरै पहिले देखि परनिर्भर हुदै आएका छौ । जव सम्म मुलुक आत्मनिर्भर हुन सक्दैन तव सम्म मुलुक समाजवादको बाटोमा जान सक्दैन । देश भित्र उत्पादनशील उद्योग र ब्यवसायको बिकास गदै जानु पर्ने आबश्यकता देखिन्छ । हाल देशमा लाखौ लाख युवाहरु बेरोजगार छन ।
बेरोजगारीका कारणले ति युवाहरु बिदेश जान बाध्य छन । युवाहरु रहरले बिदेश गएका होइनन् । यो बाध्यता हो । मुलुक रेमिट्यान्सको भरमा चलेको छ । यसरी देश बन्दैन ।कर छलि गर्ने र कर मिनाहाका लागी कर्मचारीतन्त्र र राजनीतिक दल र तिनका नेताहरु सम्म सञ्जाल खडा गरी अकुत धन सम्पति कमाउने जुन प्रवृति देखिएको छ त्यहि नै दलाल नोकरशाही पुँजीवादको बिकास हो । यस्तो दलाली धन्दा गर्नेहरुले तल्लो तहको प्रशासन, जनप्रतिनिधि देखि उच्च तह सम्म आफनो सञ्जाल फिजाएका हुन्छन ।
दलाल पुँजीवादले देशलाई समाजवादको यात्रा तर्फ लैजान अवरोध खडा गरिदिएको छ । जसले गर्दा समाजवाद उन्मुख बाटोमा चुनौतिहरु देखिएका छन । समाजवादी ब्यवस्था स्थापना गर्न अनेकौ अफठ्याराहरु संग जुददै अघि बढनु पर्ने आबश्यकता हुन्छ । अहिले मुलुक राजनीतिक क्रन्ति सम्पन्न गरेर आर्थिक क्रन्तिको बाटोमा अघि बढने सोचमा छ । समाजवादी ब्यवस्थामा जानका लागी आर्थिक र सामाजिक क्षेत्रमा बिद्यमान सामान्ती शोषण उत्पीडनको अन्त्य गर्नु पर्ने जरुरी छ ।
राष्टिय पुँजीको बिकास गरेर ब्यापक रुपमा उत्पादन बढाउने काममा लाग्नु पर्छ । मुलुकलाई समाजवादको दिशामा अगाडि बढाउन जनचेतनाका कार्यक्रम अघि सार्नु पर्छ । जनतामा समाजवाद बारे चेतना भएन् भने समाजवाद आउन सक्दैन । समाजवादमा जानका लागी देशलाई आत्मनिर्भर बनाउदै जानु पर्छ । देशमा सुशासन कायम गर्नु पर्छ । सुशासन कायम हुन सकेन भने समाजवाद उन्मुख बाटो तय हुन सक्दैन । बिश्वका सवै मुलुकमा भष्टाचारलाई उन्मुलन गरेर नै बिकास र समृद्दि गरेका छन ।सरकारले भ्रष्टाचार र अनियमितता हुन दिनु हुदैन ।भ्रष्टाचार नियन्तरण गर्न त्यति सहज छैन ।
तर सरकार संग दृढ ईच्छाशक्ति हुने हो भने यो सम्भव छ । अहिले सरकारको मुख्य कार्यभार भनेको मुलुकको समग्र बिकास गरि समृद्द नेपाल र सुखि नेपाली बनाउने नारा हो । यो नारा साँच्चै ब्यवहारमा देखाउन चुनौति छ । यो गतिबिधिले यो नारा पुरा हुने आधार छैन । भ्रष्टाचार किन यसरी झाँगिदै गएको छ , यसको कारक तत्व पत्ता नलगाए सम्म भ्रष्टाचार नियन्त्रण गर्न सकिदैन । भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायम गर्ने दिशामा कठोर कदम नचाले सम्म मुलुकको बिकास हुन सक्दैन । सरकार सबै भन्दा बढि पारदर्शी हुनु पर्छ ।
सरकार पारदर्शी नहुँदा समस्या निम्तने गर्छ । सरकारले कठोर कदम चालेर देश बिकासमा अघि बढनु पर्छ । बिश्वको तुलनामा नेपाललाई आर्थिक रुपमा के कसरी अघि बढाउन सकिन्छ त्यो बारे सरकार गंम्भिर गृहकार्य र सोचका साथ अघि बढनु पर्छ । पूँजी श्रम आदी उत्पादनका साधन लगानी नगरिकन उत्पादक र उपभोगकर्ता दुवै पक्षबाट शोषण गरी नाफा आर्जन गर्ने मध्यस्थ पक्षलाई नै दलाल भनिन्छ । जसले राज्यका संयन्त्र , साधनस्रोत र अवसर आफनो नियन्त्रमा लिई उपभोकता , श्रमजीविबर्ग र लगानी कर्ता सवै पक्ष माथि अन्याय र शोषण गरेको हुन्छ ।
देशका धनाढ्यबर्ग र पहुँवाला जनप्रतिनिधिको साँठगाँठमा दलाली प्रथा दिनानुदिन फस्टाउँदै गएको देख्न सकिन्छ । यसले माफिया र तस्करी प्रवृतिलाई मलजल गरिरहेको छ । यसो नगरे सम्म देशमा समृद्दि र बिकास अनि सुशासन सम्भव छैन । दलाल र माफियाहरु कै कारण राज्यमा गरिवी , बिभेद निम्तिएको हो । नागरिकलाई बिपन्नताको स्थितिमा धकेलेर देशमा आर्थिक असमानता कायम गर्न गराउन कसैलाई छुट छैन । राज्यले प्रदान गर्ने सेवा सुविधाबाट सीमान्तकृत , पिछडाबर्ग , अल्पसंख्यकको जीवन स्तरमा खासै सुधार आएको छैन । यो नै बर्तमान समस्या हो ।
नेपाली जनता अझै पनि गरीवीको रेखामुनि रहेका छन । यसको कारण भनेको मुठठिभर पूँजीपति बर्गको बाहुल्यता रहनु हो । अरु केहि होइन । अहिले देशमा कम्युनिष्टको सरकार छ । यो सरकारले ईच्छा शक्ति देखाएर काम गर्ने हो भने केहि परिवर्तन हुन सक्छ । सरकार संग ईच्छा शक्तिको अभाव छ । सुरुवाती दिनमा जनता यो सरकार बाट धेरै कुराको आशा र भरोशा जनताले राखेका थिए । सरकार गठन भएको पनि दश महिना बित्न थाल्यो तर कुनै काम चित्त बुझदो तरिकाले गर्न सकिरहेको छैन । सरकारले जनतामा अव आशा जगाउनु पर्छ । जनताको आशा मरिसकेको अवस्था छ ।
प्रतिक्रिया