नेपालका निडर र यथार्थ कुरो भन्न-पस्कन नडराउने प्राध्यापक डोरबहादुर विष्ट बेपत्ता भएको पनि लगभग २३ वर्ष हुन लागेको छ । उनी ०५३ सालको पुसमा घरपरिवारलाई भनेरै १५-१६ दिनका लागि जुम्ला हिँडेका थिए । केही समयको जुम्ला बसाइपछि उनी काठमाडााैं आउन नेपालगन्जसम्म आएका थिए । उनले तत्कालीन नेकोन एयरको टिकट पनि काटेका थिए ।
तर, उनले फेरि काठमाडौं नआएर दुई महिना धनगढीमा गएर बिताउन चाहन्छु भनी घर परिवारमा खबर गरेका थिए अरे ! त्यसपछि वेपत्ता भएका विष्टका बारेमा हालसम्म खास खबर कसैलाई थाहा छैन । उनी कता छन् ? के गर्दै छन् ? जिउँदै छन् कि मरे ? ंकसैलाई अत्तोपत्तो छैन । ! कम्तीमा उनका घरपरिवार र आफन्तले त खोजीनीति गर्नुपर्ने हो । हुन त विष्टका बारेमा दुइपटकसम्म नयाँ पत्रिका दैनिकले खोजमूलक ढंगले लेख÷फिचर प्रकाशित गरेको पनि हो ।
भनिन्छ, डोरबहादुर विष्टले जब ‘फ्याटालिज्म एन्ड डेभलपमेन्ट’ (भाग्यवाद र विकास) नामक किताब लेखे, अनि त्यो किताब सन् १९९१ प्रकाशित भयो, तब नेपाललगायत विदेशका ठुल्ठूला विद्घान् भनाउँदाहरूको पनि दिमागको बत्ती जलेको थियो ! (नकारात्मक अर्थमा) अझ विष्टको उक्त किताबकै कारण नेपालका आदिवासी जनजाति, मधेसी, दलित, महिला, मुस्लिम, पिछडिएको र उत्पीडित क्षेत्रका अगुवाहरूको पनि दिमागमा बत्ती जल्यो ! (सकरात्मक अर्थमा) अर्थात् माथि उल्लिखित जातजाति, वर्ग, क्षेत्र, र लिंग आदिका अगुवाहरूले जब ‘विष्ट बा’ को उक्त किताब पढे, राज्यले विगत लामो समयदेखि नियम कानुुनको पेटारो बनाएरै गरेको विभेद, खासगरी राज्यको आड भरोसामा एकल जातीय ढंगले एकपक्षले गर्दै, आएको अनेक खाले विभेद, थिचोमिचो र शासनहरूका बारेमा नेपालका आदिवासी जनजाति, मधेसी, दलित, महिला, मुस्लिम, पिछडिएको र उत्पीडित क्षेत्रका अगुवाहरू प्रस्ट भए !
हुन पनि विष्टको त्यही फ्याटालिज्म एन्ड डेभलपमेन्ट नामक किताब पढेरै नेपालका आदिवासी जनजाति, मधेसी, दलित, महिला, मुस्लिम, पिछडिएको र उत्पीडित क्षेत्रका अगुवाहरू नेपालमा रहेको जातीय, भाषिक, क्षेत्रीय, लिंगीय, धार्मिक र वर्गीय आदि विभेदका विरुद्ध बुलन्द आवाज उठाउन थाले । त्यस्तै, नेपालका अनुदारवादी बाहुन क्षेत्रीहरू पनि विष्ट आपूm कालिकोटे क्षेत्री भएर पनि हिन्दू जाति प्रथा, हिन्दू धर्म, धर्मकै आधारमा गरिआएको विभेद, उँच तथा नीचको व्यवस्था र छुवाछूत, हिन्दू–हिन्दूबीचमै मन्दिर प्रवेश निषेध, आदिवासी जनजाति र दलितमा पनि मासिने र नमासिने, छोइछिटो हाल्न पर्ने र नपर्ने आदिको व्यवस्था, यही कारणले नै नेपालपछि परेको वास्तविक तस्बिर किताबमा उतारेकोमा रुष्ट थिए । ती अनुदारवादी बाहुन क्षेत्रीहरूको भाषामा भन्ने हो भने, विष्टले फ्याटालिज्म एन्ड डेभलपमेन्ट किताब लेखेर नेपालमा कलहको बिउ रोपे !
पहिलो, त्यस किताबको प्रकाशक सूचना विभाग थियो । त्यस वेला श्री ५ को सरकारको नीति नै ‘एक देश, एक भेष, एक धर्म र एक भाषा’ भन्ने थियो । त्यस्तो एकलौटी संस्कृतिको पैरवी गर्ने राज्य व्यवस्थाले पनि जातीय विविधता दर्शाउने सो किताब छाप्नु एउटा उदेकको कुरा थियो । दोस्रो, लेखक आपूm कालीकोटे क्षेत्री भएर पनि नेपालका आदिवासी जनजातिबारे अति संवेदनशील हुनु अनौठो धारणा थियो
त्यसो त विष्टले त्यसअघि नै सन् १९६७ मा ‘पिपल अफ नेपाल’ (नेपालका मानिस÷मान्छेहरू) नामक किताब लेखेर प्रकाशित गरिसकेका थिए । उक्त किताबले नै विष्टको क्षमता र विद्धता विश्वभरि फैलिसकेको थियो भने उनको अगाडि मै हुँ भन्ने गोरा, खासगरी, नेपालीहरूले केही गर्नै सक्दैनन् भन्ने मानसिकता बोकेका पश्चिमाहरू (जसरी हाल नेपालमा बाहुनबाहेक अरूले केही गर्नै सक्दैनन् । किनभने उनीहरूमा क्षमतै छैन ! भन्ने एक खालको अतिवादी र जबरजस्त सोचाइ भएका बाहुन कमरेडहरू जो छन्, उनीहरू आफूलाई मात्रै अति जान्नेसुन्ने (अजासु) ठान्छन् ।) त्यसरी नै पश्चिमा गोराहरूले पनि नेपालीहरू केही गर्न सक्दैनन् भन्ने ठान्दथे÷ठान्छन् । तापनि, डोरबहादुरको उक्त किताब पढेपछि पश्चिमा ठूला विद्घान् भनाउँदाहरू पनि पानीपानी भएका थिए !
विष्टले लेखेको ‘सबै जातको फूलबारी’ नामक किताबको परिचय लेख्ने क्रममा डा. हर्क गुरुङले त्यो वेला ‘पिपल अफ नेपाल’ प्रकाशित हुनु दुई कारणले नौलो संस्कार भएको लेखेका छन् । उनका अनुसार ‘पहिलो, त्यस किताबको प्रकाशक सूचना विभाग थियो । त्यस वेला श्री ५ को सरकारको नीति नै ‘एक देश, एक भेष, एक धर्म र एक भाषा’ भन्ने थियो ।
त्यस्तो एकलौटी संस्कृतिको पैरवी गर्ने राज्य व्यवस्थाले पनि जातीय विविधता दर्शाउने सो किताब छाप्नु एउटा उदेकको कुरा थियो । दोस्रो, लेखक आपूm कालीकोटे क्षेत्री भएर पनि नेपालका आदिवासी जनजातिबारे अति संवेदनशील हुनु अनौठो धारणा थियो ।’ प्रस्टसँगभन्दा ‘सबै जातको फूलबारी’ नामक किताब नै सायद पहिलो होला, जहाँ प्रस्टैसँग लेखकले ‘पाँचौँ संस्करणसम्म प्रकाशित हुँदा पनि आफूले नेपालका खसहरू सबै नै बाहुन, क्षेत्री र ठकुरीभित्र समावेश भइसकेको ठहर्याएर खस बाहुन-खस क्षेत्री संयुक्त शब्दलाई चलनचल्तीमा ल्याइएछ ।
खसानतर्फको अनुसन्धानमा गएको वेला भेटिएका खसहरूले आफूहरूलाई मतवाली क्षेत्री भनी परिचय दिँदा विनाछलफल त्यस शब्दलाई उतारेर बाहुन-क्षेत्रीको अध्यायभित्र हुलेपछि काम पूरा भएको ठान्ने अपराध गरिएछ । खसहरूलाई अलग अध्यायमा राखेर पूरा विवरण दिनुपर्ने आवश्यकता नभएको ठानिएछ ।’ भनी आफूबाट खसहरूमाथि भएको अन्याय÷गल्तीलाई लेखक डोरले क्षमायाचना शीर्षकमा अलग्गै कलम चलाएर स्वीकारेका छन् । साथै छैठौँ संस्करणदेखि खसहरूका सम्बन्धमा ‘हामी खस’ भनी अलग्गै शीर्षक (पान–११) राखेर खसहरूबारे लेखेका छन् ।
वास्तवमै ‘सबै जातको फूलबारी’ नामक किताब दलित र खसलगायत नेपालका धेरै आदिवासी जनजातिहरूका लागि सञ्जीवनी बुटी नै सावित भएको छ । त्यस्तै मध्येको एक हो, हाल कथित राई जाति भनी चिनिएका र, एक पक्षले जबरजस्ती अझै पनि राई भनेरै चिनाउन खोजिएको २८ भन्दा बढी किराँती जातिहरूका बारेमा डोरले लेखेको ‘हामी किराँती–राई’ शीर्षकको लेख, पाना–५ । उक्त लेखमा विष्टले भनेका छन्, ‘राई भन्ने खासगरी कुनै जातिको नाम भने होइन । यो त गाउँका ठालु वा मुखिया जनाउने शब्द मात्र हो । माझ किराँतमा धेरैजसो राईहरू आफूलाई जिमी वा जमिनदार भन्ने गर्दछन् । तापनि, राई शब्द बढी प्रचलनमा आउँदै छ ।
सुरुमा बाहुनलाई पण्डित, नेवारलाई साहुजी, राणा र ठकुरीलाई बाबुसाहेब, अरू क्षेत्रीलाई काजी, लिम्बू र थकालीलाई सुब्बा, तामाङ र हिमालीलाई लामा, आदि शब्दले सम्मानपूर्वक सम्बोधन गरेजस्तै मात्र थियो ।’ भनी लेखेका छन भने, पाना–९ मा ‘यहाँको सबै जग्गा केही वर्षअघिसम्म राईको किपट थियो । यहाँका किपटिया राईबाहेक अरू ठाउँबाट बस्न आएका राई हुन् वा अरू जोसुकै जातका हुन् तिनलाई ‘रैती’ भन्ने चलन थियो । किपटिया राईहरूले जग्गाको नापअनुसारको तिरो नतिरी सबैले बराबरी घरधुरीको तिरो तिर्ने चलन थियो ।
त्यसले गर्दा थोरै जग्गा हुने किपटिया ‘राई’ लाई मर्का परेको थियो । त्यसैले, ‘राई’ पद खारेज हुँदा ‘राई’ हरू नै खुसी थिए ।’ भनी लेखेका छन् । आज देशमा डोरबहादर विष्ट जीवितै भएको भए वा बेपत्ता नभएको भए नेपालको वर्तमान डामाडोल राजनीतिलाई सही दिशामा डो¥याउन अवश्य नै केही न केही भूमिका खेल्थे कि ? भन्ने यो लेख लेख्ने लेखकको आशय हो ।
किनभने, हालको अवस्थामा डाक्टर पिताम्बर शर्माबाहेकका जति नै प्रजातान्त्रिक र उदारवादी भनिएको (बाहुन-क्षेत्री) बुद्धिजीवीहरूले पनि राज्यले विगतमा कानुन र नीति नियमको पेटारो बनाएरै नेपालका आदिवासी जनजाति, मधेसी, दलित, महिला, मुस्लिम, पिछडिएको र उत्पीडित क्षेत्रका जातजाति, वर्ग, क्षेत्र र लिंग आदिलाई अन्याय गरेको थियो । उत्पीडनमा पारेको हो÷थियो भनी स्वीकार गर्न सकेका छैनन् । तर, अब उनीहरूले कुनै न कुनै दिन विगतमा जे भएको भए तापनि अबका दिनमा त्यस्तो गर्नु हुँदैन भनी उनीहरूले स्वीकार गर्नुपर्छ ।
प्रतिक्रिया