काठमाडौं । इस्लाम अरबिक शब्द हो । यसको अर्थ शान्ति र सुरक्षा हुन्छ । इस्लाम धर्मावलम्बीहरू मुस्लिम भनेर पनि चिनिन्छन् । अन्य समुदाय जस्तै मुस्लिम धर्मावलम्बीहरूमा पनि व्यक्तिहरूको सांकेतिक नाम राख्ने चलन जीवितै छ । नामको पछाडि भगवान्को नाम जोड्ने अर्थात् लामो नाम राख्ने यस समुदायको आफ्नै धार्मिक मान्यता छ । प्राय : अरूहरूको नाममा अली तथा अल्लाह जोडिएको हुन्छ ।
जुन अल्लाह तथा प्रोफेटसँग सम्बन्धित नाम हुन्छ । किनकि, अल्लाह अब्दुल्लाहलाई भगवान्को सेवक मानिन्छ । र, यसै अनुरूप नामाकरण गरिन्छ । यसको आफ्नै सांकेतिक पहिचान छ । बदलिँदो समयसँगै यस समुदायमा नाम राख्ने प्रचलन परिवर्तन भएको पाइन्छ । इजिप्ट, जोर्डन र साउदी अरेबियालगायत देशका शुन्नि मुस्लिम समुदायमा नामको पछाडि अब्दुल–मिस्साह जोडिएको हुन्छ । जसले सर्भेन्ट अफ क्रिस्ट अर्थात् भगवान् जिसस् क्राइस्टको सेवक भन्ने जनाउँदछ । धेरैजसोको नामले सियाको पहिचान देखाउँदछ ।
धार्मिक ग्रन्थ कुराण अनुसार अल्लाहका ९९ प्रकारका नाम हुन्छन् । जसले भिन्दाभिन्दै सांकेतिक अर्थ दिन्छ । यसैअनुसार व्यक्तिको नामाकरण गरिएको हुन्छ । यसरी नामाकरण गर्नाले जीवनमा प्रभावकारी अर्थ दिनुका साथै भगवान्सँगको सम्बन्ध राम्रो हुने र उनले आफूमा दया गर्ने विश्वास छ । यही विश्वासले मुस्लिम सम्प्रदायका सेलिबे्रटीहरूले पनि सांकेतिक रूपमा आफ्नो नाम राखेका हुन्छन् ।
यस्तै, यो समुदायले सरसफाइलाई विशेष महत्व दिन्छ । इस्लाम धर्ममा सुँगुरको मासु र जाँडरक्सी खान मनाही छ, भने घरमा कुकुर पाल्नु पाप मानिन्छ । यस समुदायका पुरुषलाई क्रिस्चियन तथा यहुदी धर्मावलम्बी महिलासँग बिहे गर्न अनुमति छ तर महिलाको हकमा भने मस्लिम केटासँगै बिहे गर्नुपर्नेलगायत अन्य थुप्रै रोचक मान्यता छन् ।
यद्यपि, मुस्लिम धर्म सिया र सुन्नि गरी दुई भागमा विभाजित छ । यसका संस्थापक मोहम्मद अलीको सन् ६३२ मा निधन भएपछि धर्म विभाजन भयो । यो धर्म विभाजन हुनुमा आफ्नै राजनीतिक इतिहास छ । यिनीहरूले आधारभूत परम्परा र जनविश्वास मान्दै आएका छन् । जसभित्र केही समानता छन् भने विभिन्न मूल्यमान्यता, धर्म संस्कृति, नियम कानुन तथा धर्मसंगठनमा उत्तिकै असमानताहरू पनि छन् । विश्वमा शुन्नि मुस्लिमको जनसंख्या करिब २ अर्ब रहेको छ । यिनीहरूले आफूलाई प्रगतिशील मुस्लिम भएको ठान्दछन् ।
यसैगरी, विश्वमा सिया मुस्लिमहरूको संख्या करिब २ करोडको हाराहारीमा छ । इरान, इराक, बहराइन, पाकिस्तान, टर्की, साउदी र अरेवियालगायत मुलुकमा यस समुदायको बाहुल्यता छ । इतिहासअनुसार सिया एउटा धार्मिक क्रान्ति अर्थात् पार्टी अफ अली थियो । जसको दाबीअनुसार मोहम्मद अली मुस्लिम समुदायका सफल नेतृत्वकर्ता हुन् । रूढीवादी परम्परालाई अंगाल्दै आएका यस समुदायका मुस्लिमले पनि सुन्निजस्तै मोहम्मदलाई विश्वास गर्दछन् । मुस्लिम समुदायको धार्मिकस्थल मक्का मदिना हो भने यिनीहरूको मुख्य पर्व इद हो । (एजेन्सीको सहयोगमा)
प्रतिक्रिया