ओप्पो आर १७ प्रो सार्वजनिक हुने

काठमाडौं । सेल्फी एक्स्पर्ट एन्ड लिडर, ओप्पोले आधिकारिक रूपमै आर सिरिज नेपालमा सार्वजनिक गर्ने तयारी पूरा भएको छ । नेपालमा निकै लामो समयदेखि प्रतिक्षारत आर–सिरिजको सुरुआत नयाँ स्मार्टफोन ओप्पो आर १७ प्रोमार्फत गर्नेछ । नेपालमा आर १७ प्रो को बिक्रीको सुरुआत नजिकिँदै गरेको क्रिसमस तथा न्यू इयरको अवसर पारेर डिसेम्बर १५ मा गरिने कम्पनीले जानकारी दिएको छ । आर १७ प्रोमार्फत उपभोक्तालाई रातका समयमा पनि उत्कृष्ट तस्बिर लिन सघाउने कम्पनीको प्रमुख उद्देश्य रहेको बताइएको छ ।

कम्पनीका अनुसार विशेषगरी नाइट फोटोग्राफीलाई ध्यानमा राखी ओप्पो आर १७ प्रोमा हार्डवेयर तथा सफ्टवेयर दुवै पक्षमा स्तरोन्नति गरिएको छ । आर १७ प्रोमा प्रयोगकर्तालाई उत्कृष्ट गुणस्तरको नाइट फोटो लिन सघाउन सफ्टवेयर लेभल एआई अल्ट्रा क्लियर इन्जिनको व्यवस्था गरिएको छ । फोनमा दिइएको एआई अल्ट्रा–क्लियर इन्जिन ओप्पोको तस्बिर परिस्कृत गर्ने प्रविधि हो ।

यसले हार्डवेयरको सीमाभन्दा माथि उठेर तस्बिरको गुणस्तरमा वृद्धि गर्दै उत्कृष्ट नाइट सट्स लिन सघाउँछ । त्यसैगरी, सेन्सरका कुरा गर्दा आर १७ प्रोमा मुख्य क्यामेराका रूपमा सोनी आइएम एक्स ३६२ को प्रयोग गरिएको छ । १२ एमपिको क्यामेरामा तीव्र र सटिक फोकसिङका लागि डुअल पिक्सेलको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया