सेवा निवृत्त शिक्षक : जसले कमाउँछन्, मासिक ५० हजार

                                               इन्द्र शर्माको कुखुरा फार्म

मीना बुढाथोकी, सल्यान । सल्यानको शारदा नगरपालिका–४ निवासी एक शिक्षकले अवकासपछि कुखुरा पालनबाट लाखौँ आम्दानी गरेर उदाहरणीय बनेका छन् । प्रकृति, पन्छी तथा प्रजनन फार्म सञ्चालन गरेर शारदा नगरपालिका–४ साहुटोलका इन्द्र शर्माले अहिले मासिक ५० हजारभन्दा बढी आम्दानी गरिरहेको बताए ।  उनको फार्ममा अहिले ४ सयभन्दा बढी कुखुरा रहेका छन् । ‘मसँग अहिले ४ सय लेयर्स जातको कुखुरा, २५ टर्की र ५० वटा लोकल कुखुरा छन् उनले भने, मैले अहिले कुखुराको अण्डा, बच्चा र मासु बेच्ने गरेको छु ।’

अहिले उनले दैनिक ४ सयभन्दा बढी अण्डा स्थानीय बजारमा बिक्री हुने गरेको बताए । ‘मैले पालेको कुखुराले दिएको अण्डा स्थानीय बजार खलंगादेखि पिपलनेटासम्मको बजारमै सजिलै बिक्री हुनेगरेको छ । धेरैजना घरमै आएर अण्डा लिने गरेको र केहीलाई बजारमा लगेर बेच्ने गरेको उनले बताए । बजारको मागलाई अझै धान्न सकिरहेको छैन, उनले भने ‘अब थप १ हजार कुखुरा थप्ने योजना बनाएको छु ।’

२६ वर्ष शिक्षण पेसा गरेका शर्माले आपूmले अवकाश पाएपछि यो व्यवसाय अँगालेको बताए । ‘मैले आप्mनो जीवनको २६ वर्ष शिक्षण पेसामा खर्च गरेँ, उनले भने, ‘मैले सरकारी जागिरबाट अवकास पाएपछि केही नयाँ गर्ने सोचेँ अनि कुखुरा फर्म सञ्चालन गरेँ ।’ अहिले उनीसँग पाँच सय अण्डालाई ह्याज गर्न सक्ने क्षमताको मेसिनसमेत रहेको छ । करिब २० लाख लगानीबाट एक वर्षअघि मात्र कुखुरा पालन गर्न सुरु गरेको उनले बताए ।

आफ्नै जिल्लामा स्थानीय स्तरमा स्वरोजगारको सिर्जना गर्ने उद्देश्यले फर्म सञ्चालन गरेको बताउँदै उनले अहिले आफूले एक जनालाई रोजगारीसमेत दिएको बताए । यहाँबाट दैनिकजसो युवाहरू वैदेशिक रोजगारीमा गई रहेको वेला, रोजगारीका लागि भाँैतारिरहेको वेला हामीले आफ्नै गाउँघरमा केही गर्न सक्यौँ भने स्वरोजगारी स्वदेशमै र स्थानीय स्तरमै सिर्जना गर्न सकिन्छ, उनले भने ।

व्यावसायिक रूपमा कृषि र पशुपालनको पेसा अँगालेपछि रोजगारीका लागि बाहिरी मुलुक भौँतारिनु नपर्ने उनले बताए ।
शिक्षण पेसामा रहेको वेला जुन प्रतिष्ठा र इज्जत पाइरहेको हुन्छ, कृषि पेसा हाम्रो समाजमा अझै पनि तुच्छ पेसा भनेर हेर्ने गरिन्छ । ‘त्यसरी पढाइरहेको एक शिक्षकले अहिले कुखुरा पालेर बसेको छ भनेर समाजले कुरा नकाटेका पनि होइनन् उनले भने तर पनि मैले डिग्री पास गरेर शिक्षण पेसा गरेर पनि अहिले यस पेसामा आबद्ध हुँदा खुसी छु ।’

कृषि र पशुपालन व्यवसाय नपढेका र केही जागिर खान नसकेकाले मात्रै गर्ने होइन । पढेलेखेकाले व्यावसायिक रूपले उत्पादनमुखी व्यवसाय सञ्चालन गर्न सक्छ । कृषि र पशुपालन पेसालाई जबसम्म एउटा सम्मानित पेसाको रूपमा विकास गर्न सकिँदैन, हाम्रो देशको आर्थिक अवस्थामा चाहेजतिको सुधार ल्याउन नसकिने उनको भनाइ रहेको छ ।
‘जति पनि हाम्रो समाजबाट अपहेलित पेसा मानिएको छ, यसलाई गलत सावित गर्नका लागि पनि हामीजस्ता पढेलेखेका शिक्षित व्यक्तिले यो पेसामा लागेर अरूलाई उदाहरणको रूपमा देखाउन जरुरी छ, उनले भने ।

प्रतिक्रिया