अजोड इन्स्योरेन्स र बयोधा हस्पिटलबीच सम्झौता

काठमाडौं । अजोड इन्स्योरेन्स र बयोधा हस्पिटलबीच नगदरहित उपचार सेवासम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री तथा अस्पतालका कार्यकारी निर्देशक रभी चौधरीले हस्ताक्षर गरेका हुन ।

सम्झौता अनुसार अजोड इन्स्योरेन्सबाट औषधोपचार बीमालेख लिएका ग्राहकले सो हस्पिटलमा भर्ना भई उपचार गराउनु पर्ने अवस्थामा बयोधा हस्पिटलबाट क्यासलेस अर्थात नगदरहित उपचार सेवा उपयोग गर्न पाउने छन ।

अजोड इन्स्योरेन्स लिमिटेडले स्वास्थ बीमामा जोड दिएको र भविष्यमा जनतामा स्वास्थ बीमाबारे सचेतना वृद्धि गर्ने उद्देश्यले उतm सम्झौता गरेको कम्पनीले जनाएको छ ।

यसअघि ब्लुक्रस हस्पिटल, मेडिसिटी अस्पताललगायतसंग यस्तो सम्झौता भइसकेको र बाँंकी अस्पतालमा पनि छिट्टै सम्झौता गर्ने अजोड इन्स्योरेन्सले जनाइएको छ ।

प्रतिक्रिया