बुढीबजारमा एनआइसी एसियाको शाखा

काठमाडौं । एनआइसी एसिया बैंकले पोखरा महानगरपालिका–२६ बुढीबजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा बंैकका गण्डकी प्रादेशिक कार्यालय प्रमुख जयन्द्र रावलले एक समारोहकाबीच उद्घाटन गरे ।

बैंकले मुलुकभर २ सय ६८ शाखा कार्यालयहरू, २ सय ७६ एटिएम, ३७ वटा एक्सटेन्सन काउन्टर एवं १८ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकको वासलातको आकार २ सय १२ अर्बभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब १ सय ६९ अर्ब तथा कर्जा १ सय ४४ अर्ब पुगिसकेको छ ।

प्रतिक्रिया