जनता बैंकले स्वास्थ्य सिविर सञ्चालन गर्ने

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले यसै वर्ष विभिन्न चार जिल्लामा स्वास्थ्य सिविर सञ्चालन गर्ने भएको छ । जनता बैंकले नेपाल नेत्रज्योति संघबीच सम्झौता गरी विभिन्न स्थानमा आँखा शिविरका साथै स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको हो । सम्झौताअनुसार बैंकले यस वर्ष रसुवा, रामेछाप, रोल्पा र हुम्लामा स्वास्थ्य शिविर संचालन गर्ने भएको छ । त्यस्तै, देशको दुर्गम तथा विपन्न समुदायलाई लक्षित गरि निःशुल्क आँखा शिविर सञ्चालन गर्ने बैंकले जनाएको छ ।

शिविरमा मोतिबिन्दुको अपरेशन गर्नुपर्ने बिरामीको निःशुल्क अपरेशन गर्नुको साथै आवश्यक औषधि तथा चस्मा वितरण गरिने छ । स्वास्थ्य शिविरमा आँखा उपचारको साथै स्त्री तथा प्रसूति रोगसँग सम्बन्धित बिरामीको परीक्षण गर्नुको साथै आङ खस्ने समस्या भएका महिलाहरूको निःशुल्क अपरेशनको समेत व्यवस्था मिलाइने बैंकले जनाएको छ ।

प्रतिक्रिया