आइएमई लाइफ र इन्भेस्टमेन्ट बैंकबीच सम्झौता

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्तबैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीतर्फबाट प्रमुखकार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडका तर्फबाट नायबकार्यकारी अधिकृत ज्योतीप्रकाश पाण्डेले हस्ताक्षर गरे ।

सो बैंक अस्योरेन्स सम्झौता पश्चात् सर्वसाधारण तथा बैंकका ग्राहकले नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रूपमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बिमा गराउनका साथै जीवन बिमा सम्बन्धी जानकारी लिन सक्नेछन् ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ६२ भन्दा बढी शाखामार्फत सेवाप्रदान गर्दै आइरहेको छ भने विभिन्न १० वटा योजनाहरू बजारमा ल्याएको छ । कम्पनीले सामान्य सावधिक, बालशिक्षा, आजिवन, नगदफिर्ता, साढे तीन गुणा रक्षावरण, नगदफिर्ता तथा आजीवन योजना लगायतका बिमा योजना ल्याएको छ ।

प्रतिक्रिया