अमेरिकामा ग्लोबल अवार्ड हुँदै

काठमाडौं । ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को तेस्रो शृंखला अमेरिकामा हुने भएको छ । आगामी जनवरी ५ तारिख २०१९ मा उक्त कार्यक्रम हुन लागेको आयोजकले जनाएको छ । नेपाली चलचित्र जगत र यसमा सक्रिय चलचित्रकर्मीलाई सम्मानित तथा पुरस्कृत गर्ने ध्येयका साथ ग्लोबल नेपाली फिल्म अवार्ड गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष नवराज श्रेष्ठले बताए ।  यो कार्यक्रम विगत २ वर्षदेखि गरिँदै आएको छ ।

अघिल्ला दुई संस्करण डेनभर सहरमा नै सफलतापूर्वक सम्पन्न भएका थिए । यो अवार्डले ‘नेपाली सिनेमा भिलेज टु ग्लोबल’ भन्ने मूल नाराअघि सारेको छ । अवार्डको उद्देश्यबारे जानकारी दिँदै चलचित्र बजारलाई विस्तार गर्ने गरी कार्यक्रम आयोजना गरिएको ग्लोबल नेपाली फिल्म अवार्डको नेपाल संयोजक तथा नेपाल फिल्म सोसाइटीका मधुकुमार श्रेष्ठले बताए ।

उनले भने, ‘नेपाली चलचित्रकर्मीलाई सम्मान, पुरस्कार र प्रोत्साहनका साथै विशुद्ध नेपाली सिनेमाको बजार प्रवद्र्धन, कलाकार पुनर्मिलन र चलचित्र पर्यटन अवार्डका उद्देश्य रहेको छ ।’ अवार्ड कार्यक्रमलाई भव्य बनाउन तीव्ररूपमा तयारी गरिएको नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले बताए ।

प्रतिक्रिया