देवीनगरमा एनआइसीको नयाँ शाखा

काठमाडौं । एनआइसी एसिया बैंकले उपमहानगरपालिका–११ रूपन्देही स्थित देवीनगरमा नयाँ शाखा सञ्चालनमा ल्याइएको छ । उक्त देवीनगर शाखाको एनआइसी एसिया बंैक प्रदेश–५ का प्रादेशिक कार्यालय प्रमुख जयन्द्र रावलले उद्घाटन गरे ।

बैंकले हाल मुलुकभर २ सय ६६ शाखा कार्यालयहरू, २ सय ७४ एटिएम, ३७ वटा एक्सटेन्सन काउन्टर एवं १८ वटा शाखारहित बैंकिङ इकाईमार्फत सेवा प्रदान गर्दै आएको छ । बैंकको वासलातको आकार २ सय १० अर्बभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब १ सय ६८ अर्ब तथा कर्जा १ सय ४३ अर्ब पुगी निजी क्षेत्रबाट स्थापित बैंकहरूमध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रूपमा पहिचान बनाउन सफल भइसकेको छ ।

प्रतिक्रिया