वडा कार्यालयमा शौचालय नहुदाँ समस्या

तिवारी यादव वीरगञ्ज । बाराको परवानीपुर गाँउपालिका वडा नम्बर ३ लिपनीमालको वडा कार्यालयमा शौचालय नहुदाँ समस्या हुन थालेको कर्मचारीहरुले गुनासो गरेको छन् ।त्रिभुवन राजमार्ग संग जोडिएको वडा कार्यालयमा शौचालय नहुदाँ समस्या हुन थालेको सेवाग्राहीले बताएका छन् ।

वडा कार्यालयमा कार्यरत रहेका कर्मचारीहरुलाई पनि पिसाब र शौच गर्ने बाहिर जानु पर्ने बाध्यता रहेको वडा सचिव संतोष नेपाली गुनासो गरे ।शौचालयको व्यव्स्था गर्नेलाई पटक पटक जानकारी वडाअध्यक्षलाई जानकारी गराउदै आए पनि समस्या समाधान नभएको बताए ।

वडा कार्यालयमा कामलेआउदाँ पिसाब फेर्ने वा शौच गर्नेको लागी शौचालय नहुदाँ समस्या हुन थालेको स्थानीय सेवाग्राही कन्हैया यादवले गुनासो गरे । उनले भने,’स्थानीय तहको सरकार भएपछि अनावश्यक खर्च गर्दे , विना शौचालयको घरमा कार्यालय स्थापना गर्दे आउँदा लाजमर्दा कुरा रहेको बताए ।

यस बिषयमा वडा नम्बर ३ लिपनीमालका वडाअध्यक्ष अनिल रामले कार्यालयको लागी घरको पाउन नसकेकोले समस्या भएको प्रतिक्रिया दिए । वडाअध्यक्ष रामले शौचालय सहित कार्यालयको लागी घरको खोजी भईरहेको छ । पाए लगतै शौचालय वाला घरका कार्यालय सारिने बताए ।

प्रतिक्रिया