उद्यमशीलतासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन

कैलाली । उद्यमशीलताको विकास तथा प्रवद्र्धनका लागि धनगढीमा अन्तर्राष्ट्रियस्तरको उद्यमशीलतासम्बन्धी सम्मेलन हुने भएको छ । धनगढी उपमहानगरपालिका र काठमाडौंको किंग्स कलेजको साझेदारीमा यही मंसिर ६, ७ र ८ गते सम्मेलन हुन गइरहेको धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले जानकारी दिए । तीन दिनसम्म चल्ने सम्मेलनमा विभिन्न देशका सफल उद्यमी र स्थानीयवासी उद्यमीले प्रस्तुतीकरण गर्ने यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

किंग्स कलेज काडमाडौंका अनुसन्धान विभागका प्रमुख चित्तरञ्जन पाण्डेयले उपत्यकाबाहिर यति ठूलो र महत्वपूर्ण सम्मेलन पहिलोपटक हुन लागेको बताए । सम्मेलनका लागि झण्डै २५ लाख खर्च हुने बताइएको छ । सम्मेलनमा २ सयको हाराहारीमा प्रतिनिधि तथा अतिथि सहभागी रहनेछन् भने उद्यमशीलतासम्बन्धी ज्ञान दिने किसिमका कक्षसमेत राखिनेछन् ।

प्रतिक्रिया