निर्माण उपकरण सम्बन्धी प्रदर्शनी हुने

काठमाडौं । भारतीय उद्योग परिसंघ (सिआइआई), नेपालको सबैभन्दा ठूलो निर्माण उपकरण प्रदर्शनी सिआइआई कन्म्याक २०१८ को आयोजनाको लागि जुटेको छ । प्रदर्शनी भक्तपुरको सल्लाघारी स्थित ओपन ग्राउन्डमा २२ देखि २४ नोभेम्बर २०१८ सम्म आयोजना हुने बताइएको छ ।

तीनदिने प्रदर्शनीमा १ सय ५० भन्दा बढी प्रदर्शकहरूले २ लाख ५० हजार वर्गफिट क्षेत्रफलको आयोजना स्थलमा आफ्ना उपकरण तथा प्रविधि प्रदर्शन गर्नेछन् ।

प्रदर्शनीको देशभरबाट १० हजारभन्दा बढी व्यवसायिक अवलोकनकर्ताहरूले अवलोकन गर्ने अपेक्षा गरिएको छ । प्रदर्शनी नेपालस्थित भारतीय राजदूतावाससँगको सहकार्यमा आयोजना हुन लागेको हो । प्रदर्शनी एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफियर्स संगको परामर्शमा आयोजना हुन लागेको हो ।

प्रतिक्रिया