गहुँको उत्पादन दोब्बर गर्न सुझाव

काठमाडौं । हाल नेपालको जनसंख्यालाई धान्न गहुँको उत्पादन दोब्बरले वृद्धि गर्नुपर्ने विज्ञले सुझाव दिएका छन् । नेपालीको खानाखाने बानीमा आएको परिवर्तनसँगै गहुँको उत्पादन वृद्धि गर्नु आवश्यक रहेकोमा विज्ञहरूको जोड छ । हाल गहुँको उत्पादन १९ लाख मेट्रिक टन छ ।

नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क० का बाली तथा बागबानी निर्देशक डा. दीपक भण्डारीले गहुँको रोटी खानेबानी वृद्धि हुँदै गएकाले उत्पादन दोब्बर वृद्धि गर्नुको विकल्प नरहेको बताए ।

धान र मकैपछि गहुँ तेस्रो प्रमुख खाद्यान्न बाली हो । सर्वसाधारणले गहुँको ढिँडो, पानरोटी, दूधरोटी र सुप बनाई प्रयोग गर्छन् । बेकरी उद्योग, चाउचाउ, मैदा र सुजीको पिठो बनाउनसमेत यसको प्रयोग गरिन्छ । प्रायः बिहान, बेलुका र साझ भात खाने बानी परेका नेपालीको खानाखाने बानीमा क्रमशः सुधार हुँदै गएको छ ।

विशेषगरी, सहरी क्षेत्रमा बसोबास गर्ने, तथा शारीरिक परिश्रम गर्न नपर्ने व्यक्तिलाई गहुँको परिकार खान चिकित्सकले सुझाएका कारण गहुँको प्रयोग गर्ने संख्यामा वृद्धि हँुदै गएको छ । नेपालको जनगणना ०६८ अनुसार जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ छ । सो जनसंख्यालाई धान्न धानको उत्पादन ६० लाख मेट्रिक टन आवश्यक पर्छ । नेपालका लागि अझै प्रतिवर्ष करिब १० लाख मेट्रिक टन धान अपुग रहेको कृषि तथा पशु विकास मन्त्रालयले जनाएको छ ।

प्रतिमहिना झण्डै २ अर्बको चामल आयात भइरहेको तथ्यांक सार्वजनिक भएको छ । बढ्दो जनसंख्यालाई धान्न सरकारले आगामी पाँच वर्षमा अन्नको उत्पादन दोब्बरले वद्धि गर्ने नीति तथा कार्यक्रममार्फत सार्वजनिक गरेको छ । आगामी पाँच वर्षमा गहुँको उत्पादन ७२ लाख मेट्रिक टन पु¥याउनुपर्ने हुन्छ । मंसिर भनेको गहुँखेती गर्ने समय हो । जमिन खनजोत गर्ने तथा मल र बिउको जोहो गर्ने समय हो । कुल खेतीयोग्य जमिनमध्ये झण्डै ७ लाख ५० हजार हेक्टरमा गहुँखेती गर्न सकिन्छ । नेपालको कुल खेतीयोग्य जमिन ४१ लाख २१ हजार हेक्टर छ भने १० लाख ३० हजार हेक्टर जमिन बाँझो छ ।

नेपालमा उन्नत बिउबाट गहुँखेती ०१७ सालदेखि गरिएको इतिहास छ । यसअघि परम्परागत रैथाने पुरानो बिउबाट खेती गरिन्थ्यो । नेपालमा सरकारले १८ जातका गहुँको बिउ सिफारिस गरेको छ । गहुँको कुल उत्पादनमध्ये ७० प्रतिशत तराईका २२ जिल्लामा हुन्छ । सरकारले तराईका लागि विजय, गौतम, एनएल ९ सय ७१, भृकुटी र बाडगंगा बिउ सिफारिस गरेको छ ।

१२ वर्षपछि नार्कले यसवर्ष बिएल ‘४३४१’ उच्चकोटीको नयाँ जात ९मल बिउ० उन्मोचन गरेको छ । नार्कले नेपालको हावापानी र माटो सुहाउँदो गहुँको बिउ क्रमशः उन्मोचन गर्दै गएका कारण नेपाल गहुँको बिउमा आत्मनिर्भर छ । तराईका केही जिल्लाबाट भारतको उत्तरप्रदेश र बिहारसम्म नेपाली जातको गहुँको बिउ निर्यात हँुदै आएको बताइन्छ ।
तराइबाहेक अन्य क्षेत्रमा धौलागिरि, डाँफे, मुनाल, च्याखुरा, लोर्मा–५२, आर÷आर–२१ अन्नपूर्ण एक, तीन र चार, कान्ति, पासाङल्हामु, डब्लुके १२०४ जातका बिउबाट गहुँखेती गर्न सकिन्छ ।

असारमा रोपाइँ गरेपछि कात्तिक–मंसिरमा धान काट्ने गरिन्छ । बिउ छरेदेखि उत्पादन लिने समयसम्म गहुँमा तीनपटक सिँचाइ र आवश्यकताअनुुसार प्राङ्गारिक, डिएपी र नाइट्रोजन मल आवश्यक पर्छ । नेपालमा सरदर गहुँको खपत १० लाख मेट्रिक टन छ । करिब ८ लाख मेट्रिक टन मैदा, सुजी र बेकरी उद्योगमा खपत हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

०६९ मा ७ लाख ६५ हजार ३ सय १७ हेक्टरमा गहुँखेती गरी १७ लाख ४६ हजार १ सय ४२ मेट्रिक टन, ०७० सालमा ७ लाख ५४ हजार २ सय ४३ हेक्टरमा गहुँखेती गरी १७ लाख २७ हजार ३ सय ४६ मेट्रिक टन गहुँ उत्पादन गरिएको थियो । त्यस्तै, ०७१ सालमा ७ लाख ५४ हजार ४ सय ७४ हेक्टरमा गहुँखेती गरी १८ लाख ८३ हजार मेट्रिक टन, ०७२ मा ७ लाख ६२ हजार ३ सय ७३ हेक्टरमा गहुँखेती गरी १९ लाख ७५ हजार ६ सय २५ मेट्रिक टन तथा ०७३ सालमा ७ लाख ५३ हजार ४ सय ७० हेक्टरमा गहुँखेती गरी १८ लाख ११ हजार ८ सय ८९ मेट्रिक टन गहुँ उत्पादन भएको सरकारले प्रकाशन गरेको कृषि डायरीमा उल्लिखित छ ।

प्रतिक्रिया