पारा ओलम्पियनलाई आजीवन भत्ता

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् ९राखेप० ले तीन पारा ओलम्पियनलाई आजीवन मासिक भत्ता दिने सुरुआत शनिबारदेखि गरेको छ ।

त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद्९राखेप०मा पारा ओलम्पियन विक्रमबहादुर राना, लक्ष्मी कुँवर र मैयाँ विशंखेलाई गत साउनदेखि कात्तिक महिनासम्मको मासिक ३ हजारका दरले जनही १२ हजार नगद राखेपका सदस्यसचिव केशवकुमार विष्टले प्रदान गरे ।

एथलेटिक्सका विक्रमले लन्डन र ब्राजिल पारा ओलम्पिक, पौडीकी लक्ष्मी कुँवरले ब्राजिल पारा ओलम्पिक तथा एथलेटिक्सकी मैयाँले लन्डन पारा ओलम्पिकमा सहभागिता जनाएका थिए । गत असोजमा युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार ९विश्वकर्मा० को अध्यक्षतामा बसेको राखेपको १ सय १०औं बोर्ड बैठकले पारा ओलम्पियनलाई पनि खेलाडीलाई गृष्मकालीन ओलम्पिकमा सहभागी खेलाडीसरह आजीवन मासिक भत्ता प्रदान गर्ने निर्णय गरेको थियो ।

सन् १९६४ पछिको गृष्मकालीन खेलकुदमा सहभागी ५९ खेलाडीलाई राखेपले मासिक ३ हजारका दरले साउनदेखि भत्ता उपलब्ध गराउन थालेको राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रशासकीय अधिकृत चन्द्रकुमार राईले जनाएका छन् । रकम हस्तान्तरणपछि सदस्यसचिव विष्टले केही प्राविधिक कारणले पारा ओलम्पियनलाई भत्ता दिन ढिलाइ भएको बताउँदै आगामी दिनमा रकम वृद्धि गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् ९राखेप० ले तीन पारा ओलम्पियनलाई आजीवन मासिक भत्ता दिने सुरुआत शनिबारदेखि गरेको छ । त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद्९राखेप०मा पारा ओलम्पियन विक्रमबहादुर राना, लक्ष्मी कुँवर र मैयाँ विशंखेलाई गत साउनदेखि कात्तिक महिनासम्मको मासिक ३ हजारका दरले जनही १२ हजार नगद राखेपका सदस्यसचिव केशवकुमार विष्टले प्रदान गरे ।

प्रतिक्रिया