नेपाल बैंक ८२ औं वर्षमा

काठमाडौं । नेपाल बैंक लिमिटेड ८२औं वर्षमा प्रवेश गरेको छ । वि।संं १९९४ साल कार्तिक ३० गते लक्ष्मीपूजाका दिन स्थापित नेपाल बैंकले वार्षिकोत्सवकै दिन बैंकले विभिन्न ८ स्थानमा शाखा स्थापना गरेको छ ।

यसरी स्थापित हुने शाखाहरु प्रदेश १ को विराटचोक ९मोरङ०, मंगलबारे ९इलाम ०, पाख्रिबास ९धनकुटा ० प्रदेश २ को सर्लाही पर्सा, भवानीपुर ९सर्लाही ० बर्दिवास ९महोत्तरी ० प्रदेश ३ को दुधौली ९सिन्धुली ०प्रदेश ४ को आरुणखोला ९नवलपरासी ० रहेका छन ।

यी शाखा स्थापना पश्चात बैकको जिल्ला पहुँंच ५९ पुगेको छ । गत आर्थिक वर्षमा ३ अर्ब ३९ करोड मुनाफा गरेको यस बैंकले चालू आर्थिक वर्षको प्रथम त्रैमासमा ९१ करोड ३८ करोड खुद मुनाफा आर्जन गरेको छ । यस अवधिमा ९३ अर्ब ४३ करोड निक्षेप संकलन गरी ८१ अर्ब कर्जा प्रवाह गरेको यस बैकले १५४ शाखा सञ्जाल ८१ वटा एटीएम सेवा विन्दुमार्फत १५ लाख ग्राहकलाई बैंकिङ सेवा पु¥याइरहेको छ ।

प्रतिक्रिया