सवारी दुरुपयोग हुदै

तिवारी यादव, वीरगञ्ज । बाराको परवानीपुर गाँउपालिका कार्यालयले गाँउपालिका प्रमुख, वडाध्यक्ष, कर्मचारीको सेवाका लागी उपलब्ध गराएको सवारी दुरुपयोग हुन थालेको छ । स्थानीयतहमा निर्वाचित भएका गाँउपालिका प्रमुख हरीनारायण साहले मनपरी निर्णय गरी चार चक्का स्कारपियोमा चढ्न गरेको स्थानीयले बताएका छन। नेपालको सबभन्दा सानो गाउँपालिका परवानीपुर गाउँपालिका हो ।

परवानीपुर गाउँपालिकाको क्षेत्रफल १५.४८ वर्ग कि.मि. रहेको छ । स्थानीयबासीका अनुसार यो गाउपालिकामा चार चक्का सवारीको आवश्यकता नभएपनि गाँउपालिका प्रमुख हरीनारायण साहले मनोमानी गरेर स्कारपियो खरीद गरेको बताएका छन ।यस्तै गाँउपालिकामा रहेको ५ वटा वडाका वडाध्यक्षले मोटरसाईकल चढ्ने गरेका छन ।तर, गाँउपालिकाका सबै वडाध्यक्षको गाडि कार्यकर्ता, नेता, नातागोताका व्यतिmहरुले प्रयोग गर्दे आएको स्थानीयबासीले बताएका छन ।

मोटरसाईकलको नम्बर सरकारी भएकाले वडाध्यक्षका नातागोताका व्यतिm अरु स्थानीयलाई हेराएर जिस्काउने समेत गर्ने थालेको स्थानीयबासीको आरोप छ । यस्तै रापजा नेपाल बाट निर्वाचित गाँउपालिका उपप्रमुख साबित्रि पटेलको श्रीमान मुतिम पटेलले विना काम ना.१ ब २८२३ नम्बरको मोटरसाईकल प्रयोग गर्दे आएको स्थानीयबासीको भनाई छ ।
स्थानीयका अनुसार परवानीपुर गाँउपालिकाको वडा नम्बर २ नेपाली कांग्रेस बाट निर्वाचीत वडाअध्यक्ष ईश्वरी साहले आफनो वडामा नियुक्त गरेका मोटरसाईकल ड्राईभरको रुपमा प्रयोग गर्दे आएको स्थानीयबासीको भनाई छ ।

गाँउपालिकामा ५ वडा रहेको परवानीपुर गाउँपालिकाको वडा नं १ बुनियाद र ३ लिपनीमाल वडा अध्यक्ष राजपा जितेको छ । भने वडा नं २ रामपुर मुसहरीमा नेपाली कांग्रेस, ४ चैनपुरमा एमाले र ५ मा फोरम नेपालले वडा अध्यक्षमा जित हासिल गरेको छ । परवानीपुर कार्यालयले वडाअध्यक्ष, कर्मचारी लगायतकालाई र मोटरसाईकल उपलब्ध गराएको छ ।

प्रतिक्रिया