पर्शुरामले सातो कपमा भाग लिने

काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता कराते खेलाडी पर्शुराम बाँस्तोला १९औं वार्षिक सातो कपमा सहभागी हुन बुधबार क्यानाडा प्रस्थान गरेका छन् ।

३५ राष्ट्रको सहभागितामा प्रतियोगिता नोभेम्बर १७ तारिखमा हुनेछ । भेन्कुभरमा हुने प्रतियोगितामा पर्शुरामले एकल कातामा नेपालको चुनौती प्रस्तुत गर्नेछन् । प्रशिक्षकमा मुकेश बरुवाल रहेका छन् । बरुवाल नोभेम्बर ११ तारिखमै क्यानाडा पुगिसकेको पर्शुरामले जनाएका छन् ।

बरुवाल मकाउबाट क्यानाडा गएका हुन् । पर्शुरामलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवं नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङले बिदाइ गरे ।

प्रतिक्रिया