मिलेको जोडी, नायक दिलिप र साबित्रा (भिडियो)

बाबुराम सिग्देल, काठमाडौँ । मानिसलाई हरेक चिजमा रहर हुने गर्दछ । एउटा रहरले मात्रै नभएर विभिन्न क्षेत्रमा आबद्ध भइ रहर पुरा गर्ने धेरै भेटिन्छ ।

कतिपय कलाकारितामा राम्रो काम गरेर आफुलाई देशमै चिनाउन पाए हुन्थ्यो भन्ने भावना भएका हुन्छन् भने कतिपय आफु चर्चामा मात्रै जान पाए हुन्छ, गीत संगीत के हो, मौलिकता के हो त्यसको बारेमा नबुझेर होमिएका हुन्छन् ।

कलाकारितामा लागेका मध्ये कतिले राम्रो आर्थिक आम्दानी गर्न सफल भएका छन् भने कतिपय ठुलो रकम लगाएर गीत र म्युजिक भिडियो बनाएपनी लगानी उठाउन सकेका हुँदैनन् । यस्तै कलाकारिता क्षेत्रमा राम्रो काम गरेर आफुलाई देशमा चिनाउन कै लागि सावित्रा (भुजेल) बस्नेत गायन र अभिनय दुवैमा अगाडी बढिरहेकी छन् ।

उनले दर्जनको हाराहारी म्युजिक भिडियोमा अभिनय गर्नुका साथै करिब चार वटा गीतमा आवाज समेत दिँदै सांगीतिक क्षेत्रमा अगाडी बढेकी हुन् । केही महिना अगाडी बजारमा आएको ‘तरकारी काउली’ नाम गरेको गीतमा नायक दिलिप रायमाझीसँग पनी उनले अभिनय गरेकी छन् ।

उक्त गीतमा उनको आफ्नै मिठो आवाजले गाएकी छन् । सोही गीतलाई लाखौं दर्शक श्रोताले मन पराईरहेका छन् । यो गीतलाई जस्तै दर्शक श्रोताले अरु गीतलाई पनी मन पराइदिए सफल हुन सक्छु भन्ने आँटका साथ अगाडी बढेको,‘उनको भनाई छ । आफैले अभिनय गर्न आउँछ भने आफैले गाएको गीतमा किन नगर्नु, ‘आफुलाई आउने काम गर्न पर्छ भन्ने भावनाले सोही गीतको भिडियोमा अभिनय गरेको उनले बताईन् ।

नायक रायमाझी चर्चित र आफुलाई मन पर्ने हुँदा उनिसँग अभिनय गरेको उनको भनाई छ । म सानैदेखी उहाँको फिल्म हेर्ने गर्थें अहिले त झन् उहाँकै साथमा अभिनय गर्न मौका मिल्दा धेरै खुशीको महसुस भएको छ, ‘मोडल बस्नेतले,‘भनिन् । आफैमा पनी नायिका बन्न सुहाउँदो जिउडाल र गायनमा पनी उनको मिठासपूर्ण आवाज छ ।

उनि,‘भन्छिन् म आफै राम्री छु र गायनमा पनि स्वर मिठो छ भन्ने लाग्दैन तर कोसिस गरियो भने एकदिन पक्कै सपना पुरा हुन्छ ।उनले आफ्नै लगानीमा ‘तरकारी काउली’ गीत र म्युजिक भिडियो बजारमा ल्याएकी हुन् । ‘निरन्तर यही क्षेत्रमा अगाडी बढे एकदिन ठाउँमा पुगेर केही गर्न सक्ने आँट भएको गायिका तथा मोडल बस्नेतको भनाइ छ ।

चलचित्रमा काम गर्ने महँगो नायक दिलिप रायमाझीलाई अभिनयमा ल्याएकी बस्नेत ले यस गीतबाट सोंचे जस्तो सफलता मिल्छ भन्ने भावना नभई, सांगीतिक क्षेत्रमा केही नयाँ काम पनी गर्न पर्छ भन्ने मान्यता लिएको उनको भनाई छ ।

अहिलेसम्म मैले दर्जनको हाराहारी म्युजिक भिडियोमा अभिनय र करिब ४ वटा गीतमा पनी आफैले आवाज दिँदै आएकी छु, तर अरुपनी गीत रेकर्डिङ भएर बसेका छन्, केही समयपछी भिडियोसहित बजारमा आउँने तयारीमा छ, ‘बस्नेतले भनिन् । नेपाली सांगीतिक क्षेत्रमा कतिपय गीतको शब्द नराम्रो र म्युजिक भिडियोमा बिकृती भएपनी दर्शक श्रोताले त्यस्तै मन पराउँछन् ।

तर कतिपयले गीत र भिडियोले देशको संस्कृती र मौलिकता अँगालेको भएपनी वास्तै गर्दैनन् । कतिपय कलाकारहरु र दर्शक श्रोताले पनी गीत संगीतको मर्म, मौलिक र देशको संस्कृतीलाई न बुझिदिँदा, यस्तो प्रविर्तिले देशका राम्रा कलाकारहरु पनि बाध्य भइ ओझेलमा परेका छन् ।
‘तरकारी काउली’ गीत र भिडियो हेर्न तल क्लिक गर्नुहोला

 

प्रतिक्रिया