नेपालमा मनाइने संवत्हरू

नेपाल संवत् चन्द्रमासमा आधारित छ । खस आर्य समुदायले गर्ने धार्मिक तथा सांस्कृतिक संस्कार पनि चन्द्रमासमा नै आधारित छन् । त्यसैले, नेपाल संवत् नेपालको मौलिक राष्ट्रिय संवत् हो । शंखधर शाख्वाले नेपालका सबै जनताको ऋण तिरेर नेपाललाई ऋणमुक्त बनाएको दिनको सम्झनामा यो संवत् मनाउन थालिएको हो ।

यही कात्तिक २२ गते नेपाल संवत् ११३९ आरम्भ भएको छ । नेवार समुदायले नेपाल संवत््को पहिलो दिनलाई नयाँ वर्षको रूपमा मनाउने गरेको छ । ०६५ सालदेखि राज्यले नेपाल संवत् लाई राष्ट्रिय मान्यता दिएको हो । कात्तिक कृष्ण औँशीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुआत गर्ने परम्परासमेत काठमाडौंको नेवारी समुदायमा छ ।

राष्ट्रिय विभूति शंखधर शाख्वाले इस्वी संवत् ८८० मा गरिब नागरिकको ऋणमोचन गरी नेपाल संवत््को सुरुआत गरेका थिए । नेपाल संवत्ले चन्द्रशमशेरको शासनकाल १९६० सालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको संस्कृतिविद् सत्यमोहन जोशीले जानकारी दिए ।

१९६० सालदेखि भने नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिन छोडिएको थियो । गरिब नागरिकको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमुना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कामको उच्च मूल्यांकन गर्दै ०५५ सालमा सरकारले शाख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

नेपाल संवत् चन्द्रमासमा आधारित छ । खस आर्य समुदायले गर्ने धार्मिक तथा सांस्कृतिक संस्कार पनि चन्द्रमासमा नै आधारित छन् । त्यसैले, नेपाल संवत् नेपालको मौलिक राष्ट्रिय संवत् हो ।

शंखधर शाख्वाले नेपालका सबै जनताको ऋण तिरेर नेपाललाई ऋणमुक्त बनाएको दिनको सम्झनामा यो संवत् थालिएको हो । नेपाल संवत् ११३९ वर्ष पहिले भक्तपुरका राजा राघब देवको आज्ञामा राष्ट्रिय संवत्को रूपमा नेपालको कार्यालहरूमा चलाइएको थियो ।

नेपाल संवत्को पहिलो दिन विक्रम् संवत्को कार्तिक शुक्ल पक्षको दिनमा हुन्छ । यसमा एक औँशीबाट अर्काे औँशीलाई एक चन्द्रमास

भनिन्छ । १२ औँशीको एक वर्ष हुन्छ त्यसैले, ३ सय ५४ दिनको एक वर्ष हुन आउँछ । तीन वर्षको एक चोटि अनला महिना अथवा पुरुषोत्तम महिना १३औँ महिना हुन आउँछ ।

नेपालको इतिहासमा विभिन्न संवत्हरूको प्रचलनमा रहेको पाइन्छ । परापूर्व कालदेखि हालसम्म विभिन्न संवत््हरूको प्रचलन चलिआएको पाइन्छ । विश्वका धेरै देशहरूमा इस्वी संवत्् चल्दै आएको छ भने नेपालमा विक्रम् संवत्लाई मान्यता दिइएको छ । नेपाल सरकारले सन् १९४५ मा संयुक्त राष्ट्र संघको सदस्यतासमेत नेपाल भाषाको रंजना लिपीबाट लिएको प्रमाण हाम्रा सामु छर्लंगै रहेको छ ।

विभिन्न कालखण्डहरूमा नेपाल संवत् ले वर्चस्व कायम राखे तापनि पछिल्लो समय विक्रम् संवत्ले मान्यता पाउँदै आएको छ । प्रजातन्त्र पुनस्र्थापना र नेपालको नयाँ संविधान ०७२ लागू भइसकेको परिप्रेक्ष्यमा सबै वर्ण, भाषाभाषी, नागरिकहरूलाई नेपाल सरकारले नेपाल संवत्लाई राष्ट्रिय सवत्को सम्मान दिँदै सार्वजनिक विदासमेत दिँदै आइरहेको छ ।

नेपालमा नयाँ वर्ष मनाउने सन्दर्भमा विभिन्न संवत्हरूको प्रचलनमा रहेको पाइन्छ । नेपालमा रहेको विभिन्न भाषाभाषीहरूले विभिन्न संवत्हरू मनाइए तापनि मुख्य रूपमा निम्नानुसार संवत्हरूको चर्चा गरिएको छ ।

१.नेपाल संवत्ः भक्तपुरका महाजन शंखधर शाख्वाले प्रचलनमा ल्याएको संवत्लाई नेपाल संवत् भनिन्छ । नेपाल सरकारले नेपाल संवत्लाई राष्ट्रिय संवत् मान्दै सो दिन सार्वजनिक बिदा दिने गरिएको छ । नेपाल संवत् सुरु भएदेखि नेपालमा मध्यकाल सुरु भएको मानिन्छ । नेपाल संवत् चन्द्रमासमा आधारित रहेको र शुभसाइत, चाडपर्वहरू, जात्रासमेत नेपाल संवत्कै आधारमा गरिँदै आइरहेको छ । यसवर्ष कात्तिक २२ गतेदेखि नेपाल संवत् ११३९ सुरु भएको छ ।

२.बुद्ध संवत्ः कपिलबस्तुका राजा शुद्धोधनका छोरा सिद्धार्थ गौतमले राजकाज र विलासी जीवनलाई त्यागेर बुद्धत्व प्राप्त गरी बुद्ध भए । बुद्धले त्यो वेलाको नागरिकहरूको दुःख कष्ट, बुढ्यौली, रोगी, मृत्यु आदि देखेर सांसारिक जीवन त्यागेर ध्यानमा लीन भई बुद्धत्व प्राप्त गरे । बुद्धका अनुयायीहरूले बुद्धको नाममा बुद्ध संवत् चलाएको बुद्ध पूर्णिमाको दिन बुद्ध जयन्ती मनाईंदै आइरहेको छ ।

३. किराँत संवत्ः प्रचलनको आधारमा नेपालको सबैभन्दा पुरानो संवत्को रूपमा किराँत संवत्लाई लिइन्छ । यो संवत् सबै किराँती जातिलगायत थामी, हायु, सुरेल, थामी, लिरमबस जातिले मनाउने गर्दछन् । यो संवत् हरेकवर्ष पुस १५ गतेदेखि सुरु हुने गर्दछ ।

४. इस्वी संवत्ः इस्वी संवत्लाई जिसस क्राइस्टका अनुयायीहरूले सुरु गरेको मानिन्छ । विश्वका अधिकांश देशहरूमा हाल यो संवत् चलनचल्तीमा रहिआएको छ । विश्वका अधिकांश देशहरूमा जनवरी १ तारिखका दिन अंग्रेजी नयाँ वर्ष मनाइने चलन रहेको छ । नेपालमा पनि उक्त दिन क्रिस्चियनहरूले विविध कार्यक्रम गरी नयाँ वर्ष मनाउने र सो दिन नेपाल सरकारले सार्वजनिक बिदासमेत दिने गरेको छ ।

५.विक्रम् संवत्ः वैशालीका राजा विक्रमादित्यले नेपाल र भारतको राष्ट्रिय संवत्को रूपमा विक्रम् संवत् सुरु गरेको मानिन्छ । यो संवत्को वर्ष वैशाख महिनामा सुरु भई चैतमा समाप्त हुन्छ । नेपालमा हालसम्म पनि विक्रम् संवत्लाई राष्ट्रिय संवत्को रूपमा लिइँदै सरकारी कामकाजीको रूपमा प्रचलनमा ल्याइएको छ ।

६. अंशुवर्मा संवत्ः यो संवत् राजा शिवदेवको पालामा अंशुवर्माले चलाएका हुन् भन्ने प्रमाण बुङमतिमा रहेको शिलालेखमा अंशुवर्मा संवत् २९ लेखिएको छ । अंशुवर्माका अभिलेखमा २९, ३० र ३१ उल्लेखित गरिएको छ भने गोकर्ण बालुवाको अभिलेखमा आएर पुनः संवत् ५३६ लेखिएको छ ।

७. मानदेव संवत्ः राजा मानदेवको प्रसिद्घ चाँगुनारायणको अभिलेखमा संवत् ३८६ र अर्को अभिलेखमा सम्वत् ३८१ उल्लेखित गरिएको छ ।
नेपालमा विभिन्न भाषाभाषी र जनजातिहरूको बसोबास रहेको छ । परापूर्व कालदेखि नै नेपालका विभिन्न जनजातिहरूले आआफ्नै संवत् मनाउँदै आइरहेको पाइन्छ ।

नेपालमा शक संवत्, मानदेव संवत्, इस्वी संवत्, नेपाल संवत् र त्रिभुवन संवत् प्रचलनमा रहेका छन् । त्यसैगरी, अन्य जनजातिहरूले पनि परापूर्व कालदेखि नै आआफ्नो संवत् मान्दै आइरहेका छन् । थारू, मिथिला , तामाङ र शेर्पा आदि जनजातिहरूले समेत आफ्नै संवत्मा नयाँ वर्ष मनाउँदै आइरहेका छन् भने मुसलमानहरूले इदलाई नयाँ वर्षको रूपमा मनाउँदै आइरहेका छन् ।

प्रतिक्रिया