एनआईसीको भाइटीका बिशेष बोनस उपहार

काठमाडौं । एनआईसी एसिया बैंकले भाइटीकाको उपलक्ष्यमा ‘सोच बदलौं भाइटीकाको उपहार स्वरुप रकम ट्रान्सफर रोजौं’ भन्ने नाराका साथ नेपालमै पहिलोपटक नयाँ योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत बैंकले आफ्ना ग्राहकलाई सय रुपैयाँको बोनस उपलब्ध गराउनेछ । बैंकले भाइटीकाको उपलक्ष्यमा ग्राहकले दिने दक्षिणा स्वरुपको रकम बैंकको मो बैंकबाट रकम ट्रान्सफर गर्दा सय रुपैयाँबराबरको बोनस रकम प्राप्त गर्नुहुनेछ । बोनस रकम दक्षिणा पाउने ग्राहकले प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै ‘नछुटोस् छुट पाउने मौका’ भन्ने नाराका साथ कुनै पनि सामान खरिद गरी एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ तथा क्युआर कोड माध्यमबाट कारोबार गर्दा ५ प्रतिशत वा ५ सय रुपैयाँसम्मको छुटको पाउने बैंकले जनाएको छ । यो योजनामा सहभागी भई सामान खरिद गरिसकेपछि भुक्तानी गर्दा एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ तथा क्युआर कोड भुक्तानी गरी सुविधा लिन सकिने बैंकले जनाएको छ ।

बैंकको मुलुकभर २ सय ६५ शाखा, २ सय ६५ एटीएम, २७ वटा एक्सटेन्सन काउन्टर एवम् १८ वटा शाखा रहित बैंकिङ इकाईमार्फत सेवा प्रदान गर्दै आएको छ । त्यस्तै बैंकको वासलातको आकार २ सय अर्बभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब १ सय ६७ अर्ब तथा कर्जा १ सय ४१ अर्ब रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया