देश चिनाउने गीत

काठमाडौं । नेपालको पछिल्लो राज्य पुनःसंरचना झल्किने गीत सार्वजनिक भएको छ । अवेरनेस इन्टरनेसनल एकेडेमी (अइए) ले देश चिनाउने देउसी गीत ल्याएको छ । नेपालको विविध संस्कृति, प्रकृति तथा राजनीतिलाई केन्द्रित गरी गीत तयार गरिएको हो ।

देउसी गीतमा देशको राजनीतिक विभाजन प्रादेशिक संरचना, सांस्कृतिक पहिचानका आदिका विषयलाई प्रस्तुत गरिएको छ ।  केही समय पहिले ह्रस्वदीर्घका नियम सिकाउने गरी तिज गीत बनाएर उक्त स्कुलले निकै चर्चा बटुलेको थियो ।

गीतमा नेपालका सबै स्थानीय तहको संख्या र प्रदेशका मुख्यमन्त्रीको नामलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ । विद्यालयका शिक्षक विमल घिमिरेले रचेको गीतमा स्कुलका शिक्षकशिक्षिका तथा विद्यार्थीले नृत्य गरेका छन् ।

प्रतिक्रिया