अर्थबजार

बासु थापा क्षेत्रीले जिते सिटी एक्स्प्रेसको एक लाख

सौर्य अनलाइन २०७५ कार्तिक १४ गते १५:४० मा प्रकाशित

काठमाडौं । सिटी एक्स्प्रेसले सञ्चालन गरेको ‘लखपति एक्स्प्रेस’ उपहार योजना अन्तर्गत पहिलो महिनाको एक लाख विजेता घोषणा गरेको छ ।

उपहार घोषणा अन्तर्गत कोरीयाको जी मनी ट्रान्स (सिटी एक्स्प्रेसको सहायक संस्था) बाट पैसा पठाई पहिलो महिनाको १ लाखको मासिक लक्कीड्र«मा परी बासु थापा क्षेत्री विजेता घोषित भएका हुन।

सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा कार्यक्रमको आयोजना गरी उक्त नगद पुरस्कार कम्पनीमा आयोजित समारोह बिच कम्पनीेका प्रबन्ध निर्देशक चन्द्र टण्डनले वितरण गरे ।

लक्की ड्र मार्फत उपभोक्ताहरुले दैनिक २०० को मोबाइल टप अप १२ जनाले जित्न सक्ने्, त्यसैगरी साप्ताहिक रुपमा तीन जना विजेताहरुले १०,००० र हरेक महिना लक्की ड्र मा विजयी हुने एक जनाले १००,००० जित्न सक्ने् उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहार र सिटी एक्स्प्रेस मनी ट्रान्सफर १२औं बर्ष प्रवेश गरेको उपलक्ष्यमा १२,००,००० जित्न सक्ने घोषणा भएको थियो ।

यो अफर असोज १ गते देखि मंसिर २९ गते सम्म लागू हुनेछ । यो अवधिभर सिटी एक्सप्रेस मार्फत मनी ट्रान्स्फर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् ।

यस उपहार योजना अबधीमा हाल सम्म दैनिक उपहार योजना अन्तर्गत ४३ जनाले २०० को मोबाइल टप अप, साप्ताहिक रुपमा १५ जना विजेताले १०,००० जितिसकेका छन् ।

ती सबै उपहारहरु विद्युतीय लक्कीड्र मार्फत विजेता छनौट गरिएको थियो ।

प्रतिक्रिया