सडक दुर्घटना अनि न्यूनीकरणका उपायहरू

विगतका तुलनामा यस वर्षको दसैँमा अपराधका घटना कम भएको दाबी नेपाल प्रहरीको छ । तर, सडक दुर्घटना भने हरेक वर्षको दसैँमा बढ्दै गएको देखिएको छ । चाडपर्वको समयमा तीव्र गति, मदिरा सेवन र ट्राफिक नियम उल्लंघन गरी जथाभावी सवारी चलाउँदा अकालमै नागरिकहरूले मृत्युवरण गर्नपुगेका छन् ।

मुख्यतया सडक दुर्घटना हुने प्रमुख कारणहरूमा ट्राफिक नियम कार्यान्वयन नगर्नु, सडकको भौतिक अवस्था, यान्त्रिकीकरण, मानवीय कारण, मौसम तथा अन्य विभिन्न कारणहरू र मुख्य रूपमा रहेका छन् । सवारी चलाउँदा मादक पदार्थ सेवन नगर्ने र चालकले आफ्नो व्यवहार सुधार गर्ने र सवारी साधनलाई समय समयमा मर्मत सम्भार गरी सवारी साधनलाई चुस्तदुरुस्त अवस्थामा राख्न सकिएको खण्डमा दुर्घटना कम गर्न सकिन्छ ।

यसैगरी, सडकहरू सुधार्ने, मर्मतसम्भार गर्ने, यात्रु तथा पैदल यात्रुहरू सचेत हुने र ट्राफिक नियम पालना गर्न सकिएको खण्डमा सडक दुर्घटनालाई केही हद भए पनि न्यूनीकरण गर्न सकिन्छ । नेपालमा सवारी दुर्घटना बढ्नुको प्रमुख कारणमध्ये थोत्रा सवारी साधन चलाउनु, दशकौँदेखि सडकको स्तरोन्नति नहुनु, खाल्डाखुल्डी, सडक छेउछाउमा बनाइएका अव्यवस्थित भौतिक संरचनाहरू आदि मुख्य रहेका छन् ।

नेपालमा सवारी दुर्घटना बढ्नुको प्रमुख कारणमध्ये थोत्रा सवारी साधन चलाउनु, दशकाैँदेखि सडकको स्तरोन्नति नहुनु, खाल्डाखुल्डी, सडक छेउछाउमा बनाइएका अव्यवस्थित भौतिक संरचनाहरू आदि रहेका छन् । ट्राफिक प्रहरीका अनुसार पछिल्लो समय उच्च रक्तचाप, तनाव, मोबाइलको प्रयोग, छारे रोग र अनुभव नभएका चालकहरूका कारण दुर्घटना बढेको जनाएको छ ।

ट्राफिक प्रहरीका अनुसार पछिल्लो समय उच्च रक्तचाप, तनाव, मोबाइलको प्रयोग, छारे रोग र अनुभव नभएका चालकहरूका कारण दुर्घटना बढेको जनाएको छ । सवारी चालकको अत्यधिक लापरबाहीका कारण सडक दुर्घटना बढेको ट्राफिक प्रहरीको तथ्यांकले देखाएको छ तर यो मात्रै सडक दुर्घटनाको कारण भने अवश्य होइन । सरकारले सडकसम्बन्धी ठोस कानुन कार्यान्वयनमा कडाई, सडक मर्मत, सवारी चालक अनुमतिपत्र दिँदा पु¥याउनुपर्ने तालिमलगायतका विषयहरूमा ध्यान दिनु आवश्यक रहेको देखिन्छ ।

घटस्थापनाको दिनदेखि राजधानीबाट दिनहुँ करिब १ लाख जना मानिसहरू बाहिरिएको र दशमीको भोलिपल्टदेखि त्यति नै यात्रु राजधानी भित्रिएको ट्राफिक प्रहरीले जनाएको छ । जसका कारण सडकहरू चापमा चल्ने हुँदा दुर्घटनाहरू बढेको अनुमान लगाउन सकिन्छ । चाडपर्वको समयमा क्षमताभन्दा बढी यात्रु चढाउने, ओभरलोड, हतारिएर सवारी साधन चलाउनु र सडकको दूरावस्थाका कारण सडक दुर्घटनाहरू हुनेगरेका छन् ।

राजधानीभित्र मेलम्ची खानेपानी आयोजनाका लागि भन्दै यत्रतत्र खनिएका खाडलहरू र सडक विस्तारको नाममा खनिएका सडकहरूको दूरावस्था जहाँको त्यहीँ हुनाले राजधानीका सडकहरू वर्षात्मा खोलाजस्तै आहाल र हिउँदमा धुलोका कारण केही नदेखिने हुनाले सडक दुर्घटनाहरू बढिरहेका छन् ।

राजधानीका अति व्यस्त सडकहरूमा पशु चौपायाका कारण र वर्षौँदेखि राखीएका ट्राफिक संकेत चिह्नहरू (बत्ती) नबल्दा थप दुर्घटनाहरू भएका छन् । राजधानीका चक्रपथहरूमा सडक विस्तार गरी सडक चौडा पारिए तापनि पर्याप्त मात्रामा ट्राफिक चिह्नहरू नभएका कारण दिनहुँ सडक दुर्घटना हुने गरेको तथ्यांक नभएका होइनन् । हरेक वर्ष दसैँ तिहारको समयमा सडक दुर्घटना बढ्ने गरेका छन् । ट्राफिक प्रहरीले सवारी आवागमनमा सहज पुर्याउन सर्वसाधारणका लागि ट्राफिक हेल्प डेस्क स्थापना गरे तापनि सर्वसाधारणहरू भने घण्टौँ जाममा बस्नुपर्ने बाध्यता भने कम भएका छैनन् ।

राजधानीभित्र समेत जथाभावी सवारी चलाई नियम उल्लंघन गर्नेहरूलाई कारबाहीको दायरामा ल्याई कडा कारबाही हुन सकेको देखिँदैन् । केही महिना अघिदेखि ट्रिपरले ठक्कर दिएर दिनदहाडै सर्वसाधारणको मृत्युको क्रम बढेपछि मात्रै ट्रिपर दिउँसो चलाउन निषेध गरियो । उपत्यका बाहिर र चक्रपथबाहिर ट्रिपर निस्फिक्री चलिरहेका छन् यसतर्फ सम्बन्धित निकायको ध्यान जाने कहिले ?

नेपाल सरकारले सडक सुधार र ट्राफिक व्यव्स्थापनका लागि समय समयमा धेरैपटक अनेक नीति नियमहरू र प्रतिवेदनहरू सार्वजनिक गर्ने गर्दछ तर ती व्यवहारमा कति हदसम्म लागू भए, भएनन् भनेर पुनर्मुल्यांकन सरकारले गर्न सकिरहेको छैन् । सडक चौडा र फराकिलो हुने बित्तिकै सवारी दुर्घटना कम हुने भन्ने होइन ।

जबसम्म आमसवारी चालक, पैदल यात्रुहरूबीच जनचेतना जागृत हुँदैन तबसम्म दुर्घटना कम हुन सक्दैन । सडक विस्तारको क्रममा सडकमै रहेको बिजुली, टेलिफोनका पोल र यत्रतत्र छरिएका इन्टरनेट र नेटका तारहरूले वातावरण बिगारिरहेका छन् यसतर्फ सम्बन्धित निकायको ध्यान जानु आवश्यक देखिन्छ । काठमाडाैंलगायत मुलकुका विभिन्न सहरहरूमा ट्राफिक व्यवस्थापन गर्नाका लागि सहरहरूका सडकहरूमा अनिवार्य सडकपेटी हुनु आवश्यक रहेको छ ।

त्यस्तैगरी, ट्राफिक चिह्नहरू र जेब्राक्रसहरूको व्यवस्थाका अलावा पर्याप्त पार्किङको व्यवस्था, लेन अनुशासनको पालना, सफा र व्यवस्थित सडक, यात्रुहरूका लागि यात्रु प्रतीक्षालय र समयानुकूल ट्राफिक नियम हुनुपर्दछ । काठमाडौं सहरलगायत मुलुकका विभिन्न मुख्य सहरहरूमा बाटो विस्तार गरी चौडा बनाइए तापनि जथाभावी मोटर, मोटर साइकल पार्किङ र फुटपाथ पसलेहरूका कारण पहिले सडक नबढाउँदाकै अवस्थाको झझल्को दिइरहेको आभास सजिलै गर्न सकिन्छ ।

अर्कातर्फ सडक फराकिलो भएकै कारण भक्तपुर कोटेश्वर सडक खण्डमा दिनहुँ दुर्घटना भई थुप्रै नागरिकहरूले आफ्नो ज्यान गुमाइसकेका छन् । तीव्र गतिका कारण मात्रै दुर्घटना भएका अवश्य होइनन् सडकको दूरावस्था, ट्राफिक संकेत चिह्नहरू नभएका कारण, सिकारुहरूले राजमार्ग र मुख्य सडकमा गाडी चलाउनु, सडकको स्तरोन्नति नहुनुका कारणले पनि सडक दुर्घटना हुने गरेका छन् ।

गाडीले क्षमताभन्दा बढी यात्रु राखेका कारण गाडी अनियन्त्रित हुनु, चालकले मादक पदार्थ सेवन गरी गाडी चलाउनु, सवारी साधन मर्मत सम्भारको अभावमा बिग्रनु, अझैसम्म सिन्डिकेट कायम रहनु आदि सवारी दुर्घटनाका मुख्य कारणहरू हुन् ।

नेपालमा दैनिक ५ देखि ६ जनाको सडक दुर्घटनामा मृत्यु हुने गरेको ट्राफिक प्रहरीको तथ्यांकले देखाएको छ । ट्राफिक प्रहरीका अनुसार सडक दुर्घटनाको मुख्य कारण चालकको लापरबाहीलाई लिइएको छ । चालकको लापरबाहीका कारण ६७ प्रतिशत, यात्रुको गल्तीले ४ प्रतिशत, ओभरटेकबाट ४ प्रतिशत, तीव्र गतिका कारण १५ प्रतिशत, यान्त्रिक गडबढीका कारण ४ प्रतिशत र अन्य कारणहरूमा ६ प्रतिशत रहेका छन् ।

सरकारले राजधानीका व्यस्त सडक र राजमार्गहरूमा ट्राफिकको लाइटको व्यवस्था गर्नुपर्दछ चालकहरूले माधक पदार्थ सेवन नगरी ट्राफिक नियमको पालना गरी होसियारी र सावधानी पूर्वक आफ्नो सवारी साधन चेक गरी, विग्रेका भए मर्मत सम्भार गरी चलाउनु पर्दछ । राजमार्गलगायत राजधानीका सडकहरूमा जथाभावी चौपाया छोड््नेहरूलाई कडा कारबाही गरिनुपर्दछ ।

प्रतिक्रिया