स्थानीय तहमा बैंक पुग्यो

विराटनगर । प्रदेश–१ को १ सय १८ वटा स्थानीय तहमा बैंकको शाखा विस्तार भएको छ । संघीय संरचनाअनुुसार सबै स्थानीय तहमा बैंकको शाखा खोल्न राष्ट्र बैंकले निर्देशन दिएपछि प्रदेश–१ को १ सय ३७ स्थानीय तहमध्ये १ सय १८ वटा स्थानीय तहमा बैंकको शाखा विस्तार भएको हो । अब प्रदेशका १९ वटा स्थानीय तहमा मात्र बैंकको शाखा विस्तार गर्न बाँकी रहेको छ । प्रदेश–१ मा १४ वटा जिल्ला पर्दछन् ।

नेपाल राष्ट्र बैंक अनुुसन्धान विभागले विराटनगरमा आयोजना गरेको संघीय संरचनामा आर्थिक गतिविधिसम्बन्धी अन्तत्र्रिmया कार्यक्रममा यस्तो जानकारी दिएको हो ।

नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका कायममुकायम निर्देशक हिमप्रसाद न्यौपानका अनुसार भदौ मसान्तसम्म १ सय १८ वटा स्थानीय तहमा बैंकको शाखा विस्तार भएको बताए ।

०७४ असार मसान्तसम्म १ सय ३७ मध्ये ५८ वटा स्थानीय तहमा मात्र बैंकका शाखा विस्तार भएका थिए । तर, चालु आर्थिक वर्षको अहिलेसम्म ६० वटा स्थानीय तहमा नया“ शाखा स्थापना भएका छन् ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै निर्देशक न्यौपानेले प्रदेश–१ को तीनवटाबाहेक अन्य स्थानीय तहमा बैंक स्थापनाका लागि प्रक्रिया सुरु भएको छ । तीनवटा स्थानीय तहमा भने भौगोलिक समस्याका कारण बैंकको शाखा खोल्ने कार्य सुरु भएको छैन ।

स्थानीय तहमा बैंकको शाखा विस्तार भए पनि सबै मानिसको बैंक खाता भने छैन । प्रदेश–१ मा ग्रामीण क्षेत्रमा सरदर आठ प्रतिशत्त व्यक्तिको बैंक खाता छ भने बजार क्षेत्रमा ६० प्रतिशत व्यक्तिको बैंक खाता रहेको कार्यक्रममा जानकारी गराइयो ।

महिलाहरूले बैंकमा खाता खोल्ने क्रम बढे पनि १९ प्रतिशत महिलाको बैंक खाता एकाउन्ट सञ्चालनमा रहेका छन् भने ४७ प्रतिशत पुुरुषहरूको एकाउन्ट खाता सञ्चालनमा रहेको कार्यक्रममा जानकारी गराइयो ।

राष्ट्र बैंकले गरेको प्रक्षेपणअनुसार प्रदेश–१ मा प्रतिव्यक्ति आय १ हजार २४ अमेरिकी डलर रहेको छ । तर, समग्र देशको प्रतिव्यक्ति आय भने १ हजार ४ रुपैयाँ मात्र छ । सात प्रदेशमध्ये प्रदेश–३ मा सबैभन्दा बढी प्रतिव्यक्ति आय सरदर १ हजार ५ सय ३४ डलर छ । प्रदेश–१ प्रतिव्यक्ति आयमा दोस्रो स्थानमा छ भने प्रदेश–७ को सरदर प्रतिव्यक्ति आय ६ सय ६० डलर मात्र छ ।

प्रतिक्रिया