गाडी चलाउन जुत्ता अनिवार्य

पाँचथर । जिल्लाबाट सञ्चालन हुने यातायातका चालकले चप्पल लगाई ड्राइभिङ गरे कारबाही हुने भएको छ । बिहीबार चालक र प्रशासनबीच बैठक बसी विभिन्न विषयमा सहमति जनाएका छन् ।

ट्रयाक्सी, ट्रयाक्टर, बस, मालबाहक ट्रक, लगायतका चालक बीच छलफल गरी सहमति पत्रमा सहमति भएको छ । गाडी चलाउँदा चप्पल चिप्लिएर दुर्घटना हुने भएकाले जुत्ता लगाएर गाडी चलाउनुपर्ने भएको छ ।

चालकका कारण बढी दुर्घटना हुने भएकाले आपूm र यात्रुको सुरक्षालाई ध्यान दिन भनिएको छ । विशेषतः ट्रयाक्टरको टेलरमा नम्बरसहित लाइट राख्न अनिवार्य गराइएको छ । चालकले एक हातमा फोन, अर्को हातमा स्टेरिङ चलाउँदा दुर्घटना हुने हुँदा चालकले तुरुन्त प्रयोग गर्न नहुने प्रयोग भएमा कारबाहीमा ल्याउनुपर्ने जिसस अधिकारी गिरिराज ज्ञावालीले सचेत गराएका थिए ।

त्यस्तै, गाडीको लाइटले गर्दा झापा, मोरङ, क्षेत्रमा बढी दुर्घटना भएको साथै त्यसलाई रोकथामका लागि नियम लागू गर्न चालकहरूलाई अनिवार्य गराइएको डिएसपी नरेन्द्र कुँवरले जनाए । चालकले यदि चप्पल लगाएर गाडी चलाएमा दुई हजारदेखि पाँच हजारसम्म यातायात ऐन अन्तर्गत कारबाही स्वरूप सजाय हुने ट्राफिक प्रमुख जनक तिम्सिनाले चालकहरूलाई जानकारी गराएका थिए ।

प्रशासन कार्यालयमा भएको भेलाले सवारी साधनलाई सुरक्षित , भरपर्दो र व्यवस्थित बनाउने निर्णयसमेत गरेको छ । सवारीसाधन चलाउँदा चालकले जुत्ता अनिवार्य लगाउने, सार्वजनिक सववारी साधनहरूमा तोकिएको भाडाको दररेट यात्रुले सजिलै देख्ने गरी राख्न व्यवस्था गर्ने, सार्वजनिक सवारी साधनहरूमा तोकिएअनुसार आरक्षण सिटको अनिवार्य व्यवस्था गर्ने, सवारी साधनको नम्बर देखिने गरी राख्ने, चालकले सवारी चलाउँदा मोवाइल नचलाउने, सवारीसाधनमा छत तथा पछाडिको भागमा यात्रु तथा मालसामान नराख्ने, चालकले सिटबेल्ड अनिवार्य प्रयोग गर्नुपर्ने, क्षमताभन्दा बढी यात्रु नबोक्ने ।

यात्रुहरूलाई टिकटको अनिवार्य व्यवस्था मिलाउनुपर्ने र जिल्लाभित्र सञ्चालन भएका ट्रयाक्टरहरूमा पछाडिको भागमा रिप्रेक्टर राख्ने, सवारी नंं. सबैले देख्ने गरी राख्ने, ट्रयाक्टर चलाइरहेको समयमा संगीत बजाउने कार्य बन्द गर्ने उल्लेख गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण बस्नेतको अध्यक्षतामा बैठक बसी उक्त निर्णय भएकोे थियो ।

प्रतिक्रिया