यतीले ल्यायो तेश्रो एटिआर

काठमाडौं । यती एयरलाइन्सले आफ्नो वायुयान थप गर्ने क्रममा आफ्नो तेश्रो एटिआर–७२–५०० विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएको छ । जसको नेपाली रजिस्ट्रेसन नं. ९एन (एएलएन र उत्पादन क्रम संख्या एमएसएस ७७६ रहेको छ ।

उक्त विमान फ्रान्सको टुलुस–इटली–इजिप्ट–मस्कट हुँदै काठमाडौं अवतरण गरेको हो । उक्त विमानमा चालक दलका सदस्यहरू क्याप्टेन प्रमोद पौडेल, क्याप्टेन रमोद श्रेष्ठ, क्याप्टेन सुरेन्द्र कुँवर, वरिष्ठ इन्जिनियर सुरेशकुमार बज्राचार्य, डिस्प्याचर सन्त प्रजापति तथा नागरिक उड्ययन प्राधिकरणका प्रतिनिधि भरतराज पराजुली थिए ।

एटिआर–७२–५०० फ्रान्सेली–इटालियनको सहकार्यमा उत्पादित ट्विन इन्जिन टर्बोप्रप विमान हो । यसको उत्कृष्ट निर्माण र प्रदर्शनले गर्दा एटिआर–७२–५०० संसारको सबैभन्दा सफल क्षेत्रीय क्यारियरहरू मध्येमा पर्ने कम्पनीले बताएको छ ।

विमानको विश्वप्रसिद्ध ग्लोबल अपरेटरहरू एयर न्युजिल्यान्ड, एयर लिंस, एसएएस, एचओपी, फ्लिब, अजुल, बैंकक एयरवेज, जेट एयरवेज, मलिन्दो आदी हुन् । सो विमान के एफ् टर्बो लिजिंग लिमिटेडबाट खरिद गरिएको हो र यो नेपालमा एटिआर–७२ विमान खण्डमा सबैभन्दा नयाँ विमान हुनेछ ।

यो विमान थपिँदा यति एयरलाइन्सले एटिआर–७२ को सेवा विस्तार गरेर भद्रपुर र पोखरासम्मको सेवा प्रदान गर्नेछ । साथै, यसले नेपालमा मनाउन लागिएको पर्यटन वर्ष ०२० मा नेपालको २० लाख पर्यटन भित्र्याउने लक्ष्यलाई सहयोग गर्ने कम्पनीले अपेक्षा गरेको छ ।

प्रतिक्रिया