विश्वका संस्कृति निर्माण गर्ने पाँच देश


विश्वमा कुनै देशको प्रभाव पार्दछ भने त्यस देशमा कुन नै कुनै महत्वपूर्ण कुरा रहेको हुन्छ । त्यसैको भरमा उसले विश्वमा प्रभुत्व जमाइरहेको हुन्छ । यसमा सैन्य बल, राजनीतिक दबदबा तथा आर्थिक सामथ्र्य मुख्य रूपमा रहेका हुन्छन् । तर । कुनै देश यस्ता हुन्छन् जसको संस्कृति नै मुख्य रहेको छ ।

खानपान, वेशभुषा तथा मनोरञ्जनले विश्वमा आफ्नो छाप छोड्न सफल भएका हुन्छन् । यस सांस्कृतिक रूपबाट प्रभाव जमाउन सफल भएका देशको हालै ‘युएस न्युज एन्ड वल्र्ड रिपोर्ट’ ले केही मापदण्ड बनाएर सूचीकृत गरेको छ ।

यो मापदण्डमा त्यस देशको प्रतिष्ठा, वेशभूषा, खुसीपन, आधुनिकता तथा मनोरञ्जन आदिलाई हेरिएको छ । यस सूचीमा इटाली, स्पेन, फान्स, बेलायतलगायत युरोपीय देश शीर्ष १० मा आएका छन् । यसमा एसियाली देश जापान पनि रहेको छ।

सूचीमा ब्राजिल (खुसीयाली तथा आधुनिक जीवनशैली) र अमेरिका (आधुनिक ताथ प्रभावशाली संस्कृति) पनि सामेल छन् । यहाँ यिनै सूचीमा परेका पाँच शीर्ष देशका मानिससँग गरिएका कुराकानीमा आधारित रहेर विश्वमा पारेको छापको बारेमा जानकारी लिन कोसिस गरिएको छ ।

१. इटली

वैलेटिनो, अरमानी, वरसाचे तथा गुचीजस्ता सुप्रसिद्ध डिजाइनर ब्यान्डको कारण इटलीले फेसनेबल तथा ट्रेडीका कारण १० नम्बर पाएको छ । यो कुराले लुसिया बुल्फाल्मनोजस्ता मानिसलाई धेरै हैरान पार्न सक्दैन ।

उनी आफैँ ‘द पावर मुब्ज डट कम’ ब्लगको संस्थापक हुन् । तथा, रोममा उनी अब्रुजोसँग ताल्लुक राख्दछन् । उनको मान्यता रहको छ कि, ‘यो कुरा विशेषगरी भनिन्छ कि इटलीका मानिस यो कुरामा विशेष ध्यान दिन्छन् जुन कुरा उनीहरूलाई राम्रो लाग्छ कि लाग्दैन।

उनीहरू फेसनेबल के हो भन्ने कुरा आफै विचार गर्छन् ।’ सार्डिनियाकी एन्जिला कोरियास रोममा बस्छिन् । उनी ‘रोम एक्चुअली’ नामक ब्लग लेख्छिन् । उनको भनाइ रहेको छ, ‘खानादेखि फर्निचरसम्म, स्टाइलसँग सम्बन्धित हरेक चिज इटलीबाट धेरै हदसम्म प्रभावित भएका छन्।’

सबैलाई थाहा छ यहाँको खानाको पनि छुट्टै प्रभाव रहेको छ । एन्जिला भन्छिन् यसको प्रभाव हेर्नका लागि तपाईं इटलीको रोममा जानुपर्छ । उनी भन्छिन्, ‘यहाँ आर्थिक संकट छ तैपनि, रोमनका मानिस बाहिरको खाना खान छोड्दैनन् ।यहाँको पारम्परिक ‘जायका’ तथा त्यसमा लागेको आधुनिक ‘छोंक’ दुवैको स्वाद लिन सकिन्छ।

उदाहरणका लागि, प्रान्तीय इलाकाको पोरतो रेस्टुराँले पारम्परिक कासिओ पेपे (पेस्ता, जसमा रोमन पेकोरिनो तथा मरिचको समिश्रण रहेको हुन्छ) लाई समुद्री भोजनको रूपमा पस्किने गरेको छ । यो सुन्नमा अनौठो लाग्न सक्छ, तर चिज र समुद्री खानाको मिलावट ज्यादै स्वादिष्ट हुन्छ ।’

इटलीमा एक अर्को मनमोहक सांस्कृतिक ठाउँ छ ‘बोलोग्ना’ । जुन पौस्टिक खानपानका लागि ज्यादै प्रसिद्ध छ । त्यस्तै, मिलान पनि सबैले मन पराउने सहर हो । किनकि, यस सहरलाई व्यापार र फेसनको गढ मानिन्छ । यहाँ पनि ठुल्ठूला राम्रा रेस्टुराँ रहेका छन् ।

२. फ्रान्स

आधुनिकता, प्रतिष्ठा तथा फेसनको मापदण्डमा सबैभन्दा धेरै कडा रूपमा आउने देशको रूपमा फ्रान्सलाई चिनिन्छ । फ्रान्सको यिनै विशेषताको नक्कल गर्न जो कोही पनि कोसिस गर्छन् । पेरिस निवासी रुबेन फिल्स भन्छन्, ‘जबसम्म म मध्यपूर्व एसिया घुमेको थिइनँ तबसम्म मलाई यस कुराको कुनै थाहा नै दिएन कि आफ्नो संस्कृति कति प्रख्यात रहेको छ।’

‘बिन एराउन्ड द ग्लोब’ नामक ब्लगमा आफ्नो यात्राको बारेमा फिल्स लेख्छन्, ‘पिछडिएको ठाउँमा बस्ने मानिस पनि फ्रेन्च खान, फ्रेन्च कला तथा फ्रेन्च फेसनबाट ज्यादै प्रभावित रहेछन् । म इरानका धेरै मानिससँग भेटेँ, उनीहरूले मलाई बताएकी उनीहरू ‘मोलिएर’ लाई धेरै मन पराउँछन् ।

यो सुनेर म हैरान भएँ किनकी इरानका मानिस पनि ‘मोलिएर’ लाई जान्दछन् ।’ पेरिस त्यस्तो ठाउँ हो जहाँ फेसनदेखि लिएर खानेसम्म सबैतर्ः फ्रेन्च संस्कृतिको अनुभव गर्न सकिन्छ । यहाँको बोर्डाक्स अर्काे एक प्रतिष्ठित सहर हो । यहाँको इलाकामा धेरै राम्रो वाइन बनाइन्छ ।

पेरिसपछि यस सहरमा ज्यादै ऐतिहासिक भवन रहेका छन् । ल्यान, फ्रान्सको तेस्रो सबैभन्दा बढी भिड हुने सहर हो । यो आफ्नो पाककलाका लागि प्रख्यात रहेको छ । यो सहरले धेरै थ्री–स्टार मिसलिन सेफ पनि दिएको छ । त्यहीँ टालुज एक अर्काै मनमोहक सहर रहेको छ ।

जसको दुई हजार वर्ष पुरानो गौरवशाली इतिहास रहेको छ । यसलाई ‘ला विले रोज’ को नामले पनि चिनिन्छ । फ्रेन्च आफ्नो चिनारीप्रति ज्यादै अभिमान गर्दछ । किनकि, यहाँको चिनारीले विश्वलाई एक नयाँ अनुहार दिएको छ ।

यसमा उसको आफ्नो भाषा फ्रेन्च पनि सामेल छ जुन अन्य देशका लागि ज्यादै मुस्किल रहेको छ । यसको बारेमा फिल्स भन्छन्, ‘फ्रान्सका धेरैजसो मानिस टुटीफुटी अंग्रेजी पनि बोल्दैनन्, त्यसकारण बाहिरका मानिसका लागि यो जरुरी छ कि फ्रान्समा आएर यहाँको संस्कृतिमा आफूलाई बदल्नुपर्दछ ।’

३. अमेरिका

अमेरिका आधुनिकता तथा मनोरञ्जनको सवालमा ज्यादै प्रभावशाली रहेको छ । यहाँको फिल्म, संगीत तथा टिभी कार्यक्रम विश्वमै प्रख्यात हुने गरेको छ । विश्वका अन्य देशले पनि यस क्षेत्रमा काम नगरेका भने होइनन् । तर, अमेरिकाले यस क्षेत्रमा नयाँ उचाइ बनाएको छ ।

जस्तै, रिएलिटी टिभीको सुरुआत बेलायतबाट सुरु भएको थियो । तर, यसलाई विश्वभर लोकप्रिय बनाउने काम अमेरिकाले गर्यो । यो देश विकसित टेक्नोलोजीका लागि प्रख्यात छ । फेसबुक, ट्विटर, गुगल तथा एमेजन जस्ता ठूला प्रख्यात साइडहरू यसै देशले दिएको छ।

यसलाई विश्वका करौडौँ मानिस दिनहुँ प्रयोग गर्दछन् ।  विश्वमा प्रभावशाली बनाउनमा यहाँका मानिसको पनि उत्तिकै हात रहेको छ । यहाँका मानिस ‘सम्भावनाको शक्ति’ तथा ठूलो सपना देख्ने र त्यसलाई पूरा गर्नका लागि आफूलाई त्यसैमा समर्पित गर्नुपर्छ भन्ने कुरामा विश्वास राख्दछन्।

युनभर्सिटी अफ फ्लोरिडाको टेली कम्युनिकेसन विभागका प्रोफेसर तथ गे्रजुयट सोसल मिडिया पोग्रामका निर्देशक यन्ड्रयु सलेपकको भनाइअनुसार ‘हामी अहिले पनि सपनामा विश्वास गर्छाैं । यो सपना पूरा गर्न अमेरिकाजस्तो देशका लागि सम्भव छ।

न्युयोर्क यस देशको सबैभन्दा ठूलो सहर हो । जहाँ सबै कुरामा ज्यूँदो–जाग्दो उदाहरण छ । फैंक सिनेट्राको अनुसार, ‘यदि मैले यस सहरमा ठाउँ बनाउन सकेँ भने जुनसुकै वेला पनि आफ्नो छाप छोड्न सक्छु ।’ कहिल्यै नसुत्ने सहरको रूपमा पनि यस सहरलाई लिइन्छ ।

यसको अर्काे छेउमा छ लस एन्जलेसमा बसेको हलिउड । यसले अमेरिकी संस्कृतिको एक आकार दिएको छ । सलेपक भन्छन्, ‘अमेरिकी टिभी सो तथा फिल्मले हाम्रो बोलचालको तरिका तथा लगाइमा पनि छाप छोडेको छ ।’ न्युयोर्क र लस एन्जलेसको बिचमा समुद्र, मरुभूमि, खेत तथा पहाडको ठूलो भौगालिक दूरी रहेको छ ।

एक सर्वेअनुसार तीन सय मिलियन अमेरिकीलाई आफ्नो देशको विविधतामाथि गर्व रहको छ । बोस्टनवासी तथा ‘द रनिङ पब्लिसिस्ट’ मा ब्लग लेखक जोन सालास भन्छन्, ‘हाम्रो पारम्परिक पृष्ठभूमिअनुसार हामी सबैको अलगअलग सांस्कृतिक मूल्य र मान्यता रहेको छ ।’

उनी भन्छन्, तपाईं कस्तो व्यक्ति हुनुहुन्छ, अनि तपाईंको मन पर्ने र नपर्ने के हो । यसको आधारमा तपाईंलाई अमेरिकाको फरकफरक सहरमा फरकफरक तरिकाको अनुभव लिन सक्नुहुन्छ ।

कुनै पनि सहर एकअर्काका परिपूरक छैनन् । सबैको आफ्नै इतिहास रहेको छ, त्यहाँका मानिसका आफ्नै विशेषता रहको छ । यदि तपाईंलाई कुनै सहर मन परेन भने अर्काे मन पर्ने सहरमा जान सक्नुहुन्छ ।’

४. स्पेन

कुनै समयमा विश्वको सबैभन्दा ठूलो विजेताको साम्राज्य रहेको स्पेनले दक्षिणी अमेरिकादेखि दक्षिण तथा दक्षिण–पूर्वी एसियासम्म आफ्नो छाप छोड्न सफल भएको थियो । विश्वमा सबैभन्दा बढी बोलिने भाषा चिनियाँ हो भने दोस्रोमा स्पेनिस पर्दछ ।

यसमा स्पेनको मूल भाषा, फिल्म, टिभी सो, संगीत आदिको ठूलो योगदान रहेको छ । गेलिसियाका इन्मा ग्रिगोरियोले ‘ए वल्र्ड टु टेबल’ नामक एक ब्लगमा लेख्छन्, ‘म जहाँ पनि जान्छु त्यहाँ मलाई आफ्नो देशको केही न केही छाप परेको देखेको छु ।

यसमा स्पेनिस भाषादेखि लिएर धर्म, खानपान, संस्कृतिलगायत धेरै कुरा पर्दछन् ।’ स्पेनको खानपान विश्वभर प्रख्यात छ । बार्सिलोनामा बस्ने तथा ‘बार्सिलोना इट लोकल कुलिनरी एक्सपिरियन्स’ नामक बेवसाइटका संस्थापक एन्ड्रे एरियाज भन्छन्, ‘स्पेनिसहरू खानपानका लागि शौखिन छन् ।

उनीहरूको खानाको मतलब हुन्छ, मिलजुल गरेर खानखानु चाहे साथीसँग होस् या अन्जानकोही । कोहीसँग पनि घुलमिल हुनु यस देशका मानिसको विशेषता हो । यहाँका मानिस परिवार तथा साथीका साथमा समय बिताउने काममा धेरै महत्व दिन्छन् ।

ग्रिगोरियो भन्छन्, ‘हामी खाली बाँच्नका लागि काम गछौँ, कामका लागि हामी बाँच्दैनौँ । अन्य देशबाट आएका मानिसका लागि यो सजिलो छैन । उनीहरूले आरामसँग दिन काट्नुपर्छ र अबेरराती खाना खाने बानी बसाल्नुपर्छ । तर, यसमा केही हैरानी लिनुपर्दछ । किनकि, स्पेनका मानिस बाहिरबाट आएका मानिसलाई सक्दो मद्दत गर्दछन् ।’

५. बेलायत

बेलायतका नागरिकलाई आफ्नो काम, संस्कृति, रचनात्मक तथा नयाँ आविष्कार गर्ने सामथ्र्यमा धेरै गर्व गर्दछन् । लन्डनवासी लेखक अयान हकिन्स भन्छन्, ‘हाम्रो विश्वविद्यालय विश्वको सर्वश्रेष्ठ विश्वविद्यालयमा गनिन्छ । हामीले यो भुल्नु हुँदैन कि मेसिनको कोड, कम्प्युटर तथा वल्र्ड वाइड वेबजस्ता आविष्कारमा ब्रिटिनको ठूलो देन रहेको छ ।’

अंग्रेजी भाषाको प्रभाव तथा नरमदायी व्यवहारले बेलायतमा मानिस आफ्नो भविष्य बनाउन आउँछन् । हकिन्स भन्छन्, ‘हाम्रो भाषा अन्य भाषाका शब्दलाई लिएर ज्यादै समृद्ध भएको छ । यसकारण मानिस अंग्रेजी भाषा सजिलैसँग सिक्ने गर्दछन् । ११ साल पहिले मेरो साथी केबल सात सय पाउन्ड लिएर भेनेजुएलाबाट लन्डन आएको थियो ।

उसलाई अंग्रेजी पनि आउँदैनथ्यो । अहिले ऊ एक प्रख्यात बिजनेस कन्सल्टेन्ट भएको छ । ३० भन्दा बढी पसल तथा रेस्टुराँ चलाउँछ ।’ कोही पनि बेलायतमा आएर यहाँ आफूलाई ढालेर चाहेजति समय बेलायती बन्न सक्दछ।’ तर, बाहिरबाट आएका मानिसले यो कुरालाई विचार पुर्याउनुपर्छ कि बेलायती यो भन्दैनन् जसको असली मतलब निस्कछ ।

त्यसकारण उनीहरूको कुराको जडसम्म नगई उनीहरूले भनेको कुरा बुझिँदैन । ‘द बुटिक एडभेन्चर’ नामक ब्लगमा लेख्ने अस्ट्रेलियाली मूल की अमेन्डा ओ ब्राइन भन्छिन्, ‘भाषा र भावभंगीमा को रफ्तार समात्नु धरै जुरुरी हुन्छ । मलाई थाहा थिएन कि ‘आइ याम नट स्योर’ को अर्थ पायः ‘मलाई थाहा छैन’ हुन्छ ।’

हकिन्सको भनाइ रहेको छ कि, ‘बेलायतका मानिस प्रायःजसो जे भन्छन् त्यसको अर्थ त्यसको उल्टो हुन्छ । यो भाषा धेरै टुक्का, दोहोरो अर्थ लाग्ने शब्द तथा संकेतले भरिएको छ ।’ व्यापार तथा आर्थिक केन्द्र भएका कारण बाहिरबाट आउने कामदारका लागि लन्डन पहिलो नम्बरमा आउँछ ।

तर, यस सहरमा घर किन्न भने सजिलो छैन । यहाँ म्युजियम, कन्सर्ट गर्ने ठाउँ तथा थिएटरको संख्या अत्यधिक रहेको छ । मेमुअल जोन्सनले एकचोटी भनेका छन्, ‘यदि तपाईंलाई लन्डनदेखि दिक्क लागेको छ भने जिन्दगीबाट नै दिक्क लागेको छ।’

यस कुरामा हकिन्स पनि सहमत छन् किनकी लन्डनमा यति धेरै आकर्षण छन् कि तपार्इं प्रत्येक शनिबार र आइतबार केही न केही नयाँ अनुभव गर्न सक्नुहुनेछ । लन्डन मनोरञ्जनले भरिएको एक ठूलो सांस्कृतिक सहर हो तर, सांस्कृतिक प्रभावको दृष्टिले एडिनबरा पनि यसभन्दा कम छैन। यो सहरमा कलाको ठूलो फेस्टिबल लाग्दछ । एडिनबरा हेरी पोर्टरको जन्मभूमि हो।

बेलायतको बर्मिंघम सहर पनि कुनै कुरामा पछि छैन । हकिन्स भन्छन्, ‘बर्मिंघममा सबै शानदार छन्, क्लबदेखि लिएर आर्केस्टासम्म । विशेषगरी, यहाँ भेनिसको भन्दा बढी नहर तथा ज्वेलरी क्वार्टरजस्ता स्थान छन् जहाँ अत्याधुनिक फेसन तथा परम्पराको अद्भूत मेल देख्न सकिन्छ ।

प्रतिक्रिया