एनआइसीको ऋणपत्रमा उत्साहजनक सहभागिता

काठमाडौं । एनआइसी एसिया बैंकको ‘११ प्रतिशत एनआइसी एसिया ऋणपत्र ०८२÷८३’ मा प्रतिव्यक्तिगत तथा संस्थागत लगानीकर्ताहरूको उत्साहजनक सहभागिता रहेको छ । भदौ २१ मा बिक्री खुला गरिएको १ अर्ब ८३ करोड बराबरको ऋणपत्र ७ वर्षको अवधिमा परिपक्व हुनेछ ।

ब्याजदर ११ प्रतिशत रहेको ऋणपत्रको प्रतिऋणपत्र एक हजार अंकित मूल्यका १८ लाख ३० हजार कित्ताले हुन आउने १ अर्ब ८३ करोडमध्ये १ अर्ब ४६ करोड ४० लाख बराबरको ऋणपत्र विभिन्न व्यक्ति वा संघ संस्थालाई व्यक्तिगत तवरबाट बिक्री खुला गरिएको थियो । आजको मितिसम्म सो ऋणपत्रमा करिब २ अर्ब १६ करोडको आवेदन प्राप्त भएको बैंकले जनाएको छ ।

प्राप्त आवेदन माग गरिएको भन्दा ४८ प्रतिशतले बढी रहेको छ । त्यसैगरी ३६ करोड ६० लाख बराबरको ऋणपत्र सर्वसाधारणका लागि बिक्री खुला गरिएकोमा आजसम्म करिब ४४ करोड आवेदन प्राप्त भएको छ । एनआइसी एसिया बैंक लिमिटेडले देशभरी २ सय ४४ शाखा सञ्जाल, २ सय ३८ एटिएम, १८ शाखारहित बैंकिङ तथा १४ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको छ ।

प्रतिक्रिया