नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो, यातायात अवरुद्ध

चितवन । विभिन्न स्थानमा खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड सोमबाररातिदेखि अवरुद्ध भएको छ । पहिरोले सडक अवरुद्ध भएपछि हजरौ सवारी साधन रोकिदाँ यात्रु अलपत्र परेका छन् ।

प्रहरीले सडक खुल्न समय लाग्ने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न सुझाएको छ । सडक खण्डको जलवीरे, चारकिलोलगायत स्थानमा गएको पहिरोका कारण सडक अवरुद्ध भएको हो ।

तीजको दरखाने दिन भएकाले दर खान माइत हिँडेका चेलीबेटी यसको चर्को मारमा परेका छन् । ‘सडकखण्डको विभिन्न स्थानमा पहिरो खसे पनि चारकिलोमा पहाडै खसेको जनाइएको छ । पहिरो हटाउन सहज नभएकाले केही समय लाग्ने प्रहरीले जनाएको छ ।

रातिदेखि नै पानी परिरहेकाले अवरोध हटाउन नसकिएको उनको भनाइ छ । पानी केही कम भएपछि सडक खुलाउने काम थाल्ने जानकारी गौतमले दिए ।

प्रतिक्रिया