नयाँवर्ष शान्ति र समृद्धि बनेर आऊ

नयाँ वर्ष २०८२

अर्जुनमोहन भट्टराई

नयाँवर्ष शान्ति र समृद्धि बनेर आऊ ।

श्रम, शिक्षा र स्वास्थ्य लिएर आऊ ।

घरपरिवारमा आत्मीयता जगाऊ ।

चेतना, सद्भाव र जागरण लिएर आऊ ।

युुवामा चेत र नारीमा सहन, नेतामा नेतृत्व बुुझाऊ ।

अबका दिन, नयाँवर्ष तिमीले फूल फुुल्न सिकाऊ ।

द्वन्द्व, आक्रोश, निन्दा र लघुताभास, सबैमा हटाऊ ।

नेपाल, पहिलाजस्तै सुन्दर बनाउन, जागृत गराऊ ।

गरे यहाँ हुन्न के, युवामा मन उर्वर बनाऊ ।

अभिभावक राजनेतामा, लोभपाप हटाऊ ।

देश छ र हामी छौँ राष्ट्रभक्ति जगाऊ ।

व्यवसायी उद्यमीलाई सामाजिक बनाऊ ।

बेकामीलाई काम र परदेशीलाई देश बनेर आऊ ।

बोलेर जित्नेलाई, गरेर जित्न सुुझाऊ ।

नयाँवर्ष तिमी, पोहोर परार जस्तै आऊ ।

निदाएका टोलाएकालाई, सञ्जीवनी बनेर आऊ ।

प्रतिक्रिया