केन्याली गैंडा स्थानान्तरणमा कालो बादल

नैरोबी । लोपोन्मुख गैंडा बचाउसम्बन्धी केन्याको एउटा अभियानको असफलताले विश्वभरका वन्यजन्तु संरक्षणकर्मी भयभित र चकित भएका छन् ।

केन्याका ११ वटा महत्वपूर्ण काला प्रजातिका गैंडालाई नयाँ स्थानमा स्थानान्तरण गरिएको थियो । यो अभियान गैंडा संरक्षणमा कोसेढुंगा हुने अपेक्षा गरिएको थियो ।

गैंडाको मृत्युको मुख्य कारण नै नयाँ वासस्थानको पानीमा नुनको मात्रा बढी भएर विषाक्त अवस्था सिर्जना भएको आधिकारिक प्रतिवेदनमा उल्लेख छ । तर एएफपीको अनुसन्धानमा समस्याबारे सबै जानकार रहेका र जायज सरोकारलाई बेवास्ता गरिएको छ ।

विज्ञहरूले उक्त नयाँ वासस्थान गैंडाका लागि उपयुक्त नरहेको भन्दै पटकपटक चेतावनी पनि दिएका थिए । तैपनि गैंडा स्थानान्तरण परियोजना अगाडि बढाइयो र अहिले सरकारी अधिकारी एकअर्कामाथि दोष थोपरिरहेका छन् ।

गैंडा स्थानान्तरण परियोजना केन्याका पर्यटन तथा वन्यजन्तुमन्त्री नजिब बलालाले जुन महिनामा ठूलै कार्यक्रमबीच शुभारम्भ गरेका थिए । यस परियोजनाका लागि विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ)ले करिब १० लाख अमेरिकी डलर उपलब्ध गराएको थियो ।

दबिगमुभ नाम दिइएको यो अभियानले गैंडाको चोरी शिकारीबाट गैंडाको संरक्षण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको थियो । प्रकृति संरक्षण युनियन (आइयूसिएएन)ले कालो गैंडालाई अति संकटापन्न जीवको सूचीमा सूचीकृत गरेको छ । तत्काल संरक्षणको कुनै विशिष्ट अभियान सञ्चालन नगरिए यी गैंडा विश्वबाट लोप हुने खतरामा पुगेको युनियनको भनाइ छ ।

नैरोबी र नाकुरुका निकुञ्जबाट यी गैंडालाई चाभो इस्ट नामको नयाँ वासस्थानमा पठाइएको लगिएको थियो । केन्या वन्यजन्तु सेवा (केडब्लुएस) र डब्लुडब्लुएफले यी गैंडाको वासस्थान निर्माणका लागि छ वर्ष बिताएका थिए ।

नयाँ वासस्थानमा गैंडालाई जमिनबाट पम्प गरेको पानी खुवाउने प्रबन्ध गरियो । यो पानी ज्यादै नुनिलो थियो । यस वासस्थानमा रहेका अरू जीवजन्तु पम्प गरिएको पानीको छेउमा समेत आउँदैनथे, केन्याली पशुचिकित्सक युनियनका अध्यक्ष डा. बेन्सन किबोरले बताए ।

लवणयुक्त पानीले जीवजन्तुलाई तिर्खा मात्र लगाउँथ्यो, र अरू बढी पानी खानुपथ्र्यो र यसबाट रगत बाक्लो हुने तथा रक्तप्रवाहको गतिलाई सुस्त बनाउँथ्यो । किबोरले भने, ‘जीवजन्तुको शरीरको ‘सुख्खापन’ उच्चस्तरमा पुगेको थियो ।’

बोल्ट नाम दिइएको गैंडा सबैभन्दा पहिले मरेको थियो र त्यसपछि अरू गैंडा एकपछि अर्को गर्दै मरे । अन्तिम गैंडा ज्याक यति कमजोर भइसकेको थियो कि सिंहले आक्रमण गर्दा आफूलाई जोगाउन नसक्ने अवस्थामा पुगेको थियो । सिंहको आक्रमण झेलेको ज्याक अर्को दिन मरेको थियो ।

‘म अति चिन्तित भएको थिएँ । यी गैंडा धेरै ठूलो समस्या छन् भन्नेमा मलाई शंकै थिएन,’ केडब्लुएसका पूर्वअध्यक्ष एवं वरिष्ठ संरक्षणकर्मी नेहेमिया रोटिचले बताए ।

रोटिच र परियोजनाका केही पूर्वसदस्यले आफूहरूले नयाँ वासस्थानको पानीको अम्लियपना र खानाको अभावका कारण गैंडा स्थानान्तरण कार्यक्रमलाई धेरैपटक स्थगित गरेको बताए । ‘छनोट गरिएको ठाउँ नै राम्रो थिएन,’ रोटिचले एएफपीलाई बताए । उनले त्यस ठाउँको दुईपटक भ्रमणसमेत गरेका थिए । सुख्खा र नदीबाट निकै टाढा रहेको नयाँ वासस्थानमा पानीको व्यवस्था गर्न पम्प जडान गरिएको थियो ।

गैंडा स्थानान्तरण कार्यक्रम आयोजना गरिएको बारे केडब्लुएस बोर्डलाई दुई दिनअघि मात्र सूचना दिइएको थियो । यही सूचनामा स्थानान्तरणको अगुवाइ डब्लुडब्लुएफले गर्ने जानकारी गराइयो । हामीले भन्यौँ, ‘यो सम्भव छैन,’ उनले त्यसबखतको संवाद सुनाए । तर, दबाब निरन्तर दिइयो ।

बोर्ड सदस्य हिथ र रोटिच दुवैले स्थानान्तरणका लागि डब्लुडब्लुएफले जबर्जस्ती गरेको आरोप लगाए । अक्टोबर २०१७ मा बोर्डले स्थानान्तरणका लागि शर्तसहितको स्वीकृति प्रदान गरेको थियो जसमा नयाँ वासस्थान सुरक्षित हुनुपर्ने शर्त राखिएको थियो ।

बोर्डको म्यान्डेट अप्रिल २०१८ मा सकिएको थियो । त्यस समयसम्म पनि व्यवस्थापनलाई गैंडा स्थानान्तरण गर्ने संकेत गरिएको थिएन । तैपनि, यो कार्यक्रम तीन महिना ढिला सुरु गरियो र नयाँ बोर्ड गठन भएकै थिएन । स्थानान्तरणसम्बन्धी विवाद मे २०१७ को बैठकमा जोडदाररूपमा उठेको थियो । यस बैठकमा केडब्लुएसका अधिकारी र डब्लुडब्लुएफका मुख्य गैंडा विज्ञ मार्टिन मुलामा सहभागी थिए । बैठकमा दुईवटा माइन्युट पनि लेखिएका थिए ।

पहिलो माइन्यूटमा गैंडासम्बन्धी कुनै सरोकार व्यक्त गरिएको छैन, तर दोस्रो माइन्यूटमा ‘स्थानान्तरण गर्न कुनै पनि हालतमा सम्भव नरहेको’ भन्दै चेतावनी दिइएको छ ।

केडब्लुएसले यसै वर्ष १५ पटक गरेको पानीको परीक्षणमा स्वीकृत स्तरभन्दा तीनगुणा बढी पानी नुनिलो रहेको देखिएको थियो । किबोरका अनुसार, यी महत्वपूर्ण सूचक पहिलो गैंडा बिरामी हुँदासमेत पशुचिकित्सकलाई हेर्न पनि दिइएन । परिणामस्वरूप, पशुचिकित्सकले अरू नै कारण, जस्तै, सर्पको डसाइको खोजी गर्न समय बिताए ।

केडब्लुएसका पूर्वबोर्ड सदस्यले मन्त्री बलालाले जबर्जस्ती गैंडा स्थानान्तरण गर्न लगाएको आरोप लगाएका छन् । केही सदस्यले उनको राजीनामासमेत मागेका छन् । तर, मन्त्री बलालाले आफूले कुनै गल्ती नगरेको भन्दै प्रतिवाद गरेका छन् । उनको आरोप छ, गैंडा स्थानान्तरणका लागि ठाउँ उपयुक्त नभएको भए पहिल्यै मलाई किन जानकारी थिइएन ?

केन्याली संरक्षणकर्मी पाउला काहुम्बुको भनाइ छ, ‘राष्ट्रिय निकुञ्जभित्रैबाट रेलमार्ग निर्माण गर्ने र वनक्षेत्र अतिक्रमण गरी अरू पूर्वाधार निर्माणका कार्य गर्नेतर्फ सरकार लागिपरेकाले यो केन्याका लागि अन्धकार युग हो ।’

प्रतिक्रिया