फालिएको नेपकिनले पक्रायो हत्याका आरोपी


वासिंगटन । अमेरिकी राज्य वासिंगटनमा एउटा बलात्कारपछि हत्या गरिएको घटनाको गाँठो फुकाउन प्रहरीले ३२ वर्ष लगाएको छ । एउटा रेस्टुरेन्टमा प्रयोग गरेर फलिएको नेपकिनले यो गाँठो फुकाउन मद्दत गरेको हो । ६६ वर्षीय गैरी चाल्र्स हैटम्यानले सन् १९८६ मा एक १२ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरेर फालेका थिए । हर्टम्यानलाई हिरासत लिइसकिएको र उनी विरुद्ध पियर्स काउन्टीमा मुद्दा चलाइएको छ ।

घटना वासिंगटनको ताकोमाको हो ३२ वर्ष पहिले मिसेल वेल्चर उनकी दुई बहिनी पगेट पार्क गएका थिए । मिसेल ११ बजे लञ्च खान घर गइन र उनकी बहिनी नुहाउने कोठामा छिरिन । दुई बहिनी लञ्चपछि फर्केर पार्क आउँदा उनीहरूले मिसेललाई देखेनन् । खोज्दै जाँदा उनीहरूले मिसेलको साइकल देखे जहाँ उनीहरूले पिकनिक खान भेट्ने योजना बनाएका थिए ।

उनीहरूले बालिकाको आमालाई खबर गरे आमाले प्रहरीलाई खबर गरेपछि अनुसन्धान सुरु भयो । प्रहरीले एउटा खोजी कुकुरको सहयोगमा सोही रात एक सुनसान ठाउँबाट उनको शव निकाल्यो । यो स्थान त्यो ठाउँबाट केही दुरीमा मात्र थियो जहाँ उनी पिकनिक मनाउन गएकी थिइन् । ताकोमा प्रहरी प्रमुख राम्सडेलले भने, ‘मिसेलको यौन उत्पीडनपछि हत्या गरिएको हो ।’ प्रहरीले सबै प्रमाण जुटायो । तर, कसैलाई पक्राउ गरेन ।

प्रहरीले घटनाका सबै दृश्य जुटायो, प्रमाणका लागि एकजनाको डिएनए प्रोफाइल तयार गर्यो । तर, राज्य र केन्द्रिय डाटावेसमा त्यसको मिलान हुन सकेन । २०१६ मा प्रहरीले जेनेटिक जिनिलजिस्टको सहयोगमा अनुसन्धान अघि बढायो । प्रहरी प्रमुख राम्सडेलले भने, ‘संभावित अपराधिका रूपमा दुई दाजुभाइलाई पहिचान गरी निगरानी सुरु गरियो ।’ सो अनुसन्धानमा सहभागी एक जासुसले स्टिभ पिरोलीले हैटम्यानको पिछा एक रेस्टुरेन्टमा गरे जहाँ उसले आफ्नो साथीसँग कफी पिए ।

रिपोलीले भने, ‘मैले उनलाई कैयाैँपटक नेपकिनको प्रयोग गरेको देखेँ । उसले नैपकिनलाई कुल्चिएर एउटा ब्यागमा हाले । उसले व्यागलाई पनि कुल्चिए र रेस्टुरेन्ट छाड्नुअघि त्यसलाई त्यहीँ छोडेर गए ।’ नेपकिनलाई वासिंगटनको अपराध अनुसन्धान प्रयोगशालामा पठाइयो । गत मंगलबार प्रयोगशालाले नेपकिनमा पाइएको डिएनए र अपराध भएको स्थानमा पाएको डिएनए एउटै भएको रिपोर्ट दियो । अन्त्यमा बुधबार प्रहरीले हर्टम्यानलाई पक्राउ गर्यो ।

प्रतिक्रिया