विश्वकपले ल्याएको तरंग

बहुप्रतिक्षित २१औ“ विश्वकप फुटबल प्रतियोगिता बिहीबार बेलुकादेखि सुरु भएको छ । हरेक चार÷चार वर्षमा हुने विश्वकप फुटबल प्रतियोगिता यसपटक रुसका ११ सहरका १२ वटा रंगशालामा सुरु भएको छ । निकै भव्यताका साथ उद्घाटन भएको प्रतियोगितामा विश्वका ३२ देश सहभागी छन् । विश्वकप फुटबल प्रतियोगिताले खेल जगतमै सबैभन्दा बढी चर्चा बटुल्ने मात्रै गरेको छैन सबैभन्दा धेरै मानिसलाई अकर्षित गर्ने गरेको छ । विश्वमा भएका दुई सय ११ मध्ये प्रतियोगितामा ३२ देश मात्रै सहभागी भए पनि यसको तरंगले नछुने कुनै देश छैन ।

के वृद्ध, के युवा ? सबै देशका नागरिकहरू केही महिनाअघिदेखि नै विश्वकप फुटबल प्रतियोगिताको व्यग्र प्रतिक्षामा थिए । जुनवेला विश्वकप फुटबल प्रतियोगिताको आरम्भ भएको थियो त्यो वेला सूचना प्रविधिको यस्तो विकास भएको थिएन । टिकट काटेर रंगशालामा नछिरी प्रतियोगिताको आनन्द लिन सकिने अवस्था त्यतिवेला थिएन । तर, सूचना प्रविधिको विकासका कारण अहिले समयले काचुली फेरेको छ । विश्वका प्रायः सबै मानिस आफ्नै घरमा रहेको टेलिभिजन स्क्रिनबाट मज्जाले प्रतियोगिताको आनन्द लिन सक्ने अवस्थामा छन् । त्यसकारण पनि यो प्रतियोगिता यतिविधि चर्चामा रहने गरेको हो ।

विडम्बना नै मान्नुपर्छ हालसम्म पनि एसिया तथा अफ्रिका महादेशका धेरैजसो मुलुकहरू विश्वकप फुटबल प्रतियोगितामा भाग लिन सक्ने अवस्थामा छैनन् । विश्वको कुल भू–भाग तथा जनसंख्याको दुईतिहाइ हिस्सा एसिया महादेशले ओगटेको छ । तर, विश्वकपको इतिहासमा एसियाका कुनै पनि देशले उपाधि हासिल गर्न सकेका छैनन् । प्रतियोगितासम्म पुग्ने अवसर पनि एसिया महादेशका थोरै देशले मात्रै पाउने गरेका छन् । जनसंख्या तथा भूगोलको हिसाबले विश्वको दोस्रो ठूलो महादेश अफ्रिकाको हालत पनि करिबकरिब एसियाको जस्तै छ । फुटबलमा सबैभन्दा अब्बल अफ्रिकी खेलाडी मानिन्छन् तर अफ्रिकाका कुनै पनि मुलुकले अहिलेसम्म विश्वकप फुटबल प्रतियोगितामा उपाधि जित्न सकेको रेकर्ड छैन । युरोपेली र दक्षिण अमेरिकीबाहेक अरू मुलुकले विश्वकप फुटबल प्रतियोगितामा उपाधि हासिल गरेको रेकर्ड छैन । त्यसमा पनि दक्षिण अमेरिकाको ब्राजिललाई अपवाद मान्दा प्रतियोगितामा धेरैजसो वर्चश्व अर्थात् ११ पटक युरोपेली मुलुकहरूले उपाधि जितेका छन् ।

विश्वकप फुटबल प्रतियोगिताको रौनकले यतिवेला हाम्रो मुलुक नेपाललाई पनि निकै हदसम्म गा“जेको छ । विशेष गरी युवा जमात विभिन्न देशका खेलाडीले लगाउने टी–सर्टमा सजिएर सडकमा निस्कन थालेको छ । कोही कुनै देशको समर्थनमा छन् कोही कुनै देशको समर्थनमा । आ–आपूmले मन पराएको टिमको समर्थनमा अस्थायी क्लब खोल्ने, मोटरसाइकल ¥याली निकाल्ने सिलसिलासमेत सुरु भएको छ । एउटा टिम र अर्को टिमको समर्थक क्लबबीच झडप नहोस् भन्नका लागि सुरक्षा संयन्त्र नै परिचालन गर्नुपर्ने अवस्थामा मुलुकको गृहप्रशासन पुगेको छ । समर्थकहरूले कुन गतिविधि गर्न पाउने, कुन गतिविधि गर्न नपाउने ? भनेर गृहमन्त्रालयद्वारा विज्ञप्ति नै जारी गरिएको छ ।

आफ्नै मुलुकको भाग्य फैसला गर्ने आमनिर्वाचनमा समेत युवा जमातले यस्तो चासो राखेको पाइ“दैनथ्यो । सात समुन्द्रपारिका देशबीच, सात समुन्द्रपारी भएको प्रतियोगितामा मुलुकको युवा पुस्ताले सामान्य चासो राख्नु स्वभाविकै भए पनि झडपमा उत्रनसमेत तयार हुनु भनेको निश्चय पनि राम्रो संकेत होइन । सट्टेबाजीका दुव्र्यसनीहरूको घुसपैठका कारण नेपाली युवाहरूले फुटबल प्रतियोगितामा आवश्यकताभन्दा बढी चासो राखेका पनि हुन सक्छन् । टी–सर्ट बेच्ने व्यापारीहरूको डिजाइनअनुसार पनि यसरी आवश्यकताभन्दा बढी चासो देखिएको हुनसक्छ । यस विषयमा सरकार समयमै गम्भीर हुनु जरुरी छ । तर, नेपाली युवाहरूको फुटबल प्रेमलाई भने यसले उजागर गरेको छ । फुटबलप्रति मुलुकका युवाहरूको यो रुचिलाई राज्यले सदुपयोग गर्नुपर्छ । खेलकुदलाई प्रोत्साहन गर्नुपर्छ । फुटबल खेल पनि अब व्यावसायिक भइसकेको छ । राम्रो फुटबल खेलाडीको कमाइ कुनै सफल उद्योगी व्यवसायीको भन्दा कम हु“दैन । यस्तो क्षमता नेपाली युवाहरूका छ भन्ने प्रष्ट देखिएको छ । यो क्षमतालाई उजागर गर्ने मामिलामा सरकारले ध्यान दिनु जरुरी छ ।

प्रतिक्रिया